२०८३ मंसिर ९ गते बुधवार / Nov 25 , 2026 , Wednesday
२०८३ मंसिर ९ गते बुधवार

मलेसियाको डिटेन्सन सेन्टरमा रहेका नेपालीको स्वदेश फिर्तीका लागि किरात राई यायोक्खाद्वारा हवाई टिकट सहयोग

Nada
तिलोचन गौतम
२०८३ मंसिर ९ गते १२:१०
Shares
मलेसियाको डिटेन्सन सेन्टरमा रहेका नेपालीको स्वदेश फिर्तीका लागि किरात राई यायोक्खाद्वारा हवाई टिकट सहयोग

क्वालालम्पुर, मलेसिया : मलेसियामा लामो समय जेल जीवन बिताइसकेपछि अध्यागमनको डिटेन्सन सेन्टरमा रहेका एक नेपाली नागरिकलाई स्वदेश फर्काउन किरात राई यायोक्खा मलेसियाले हवाई टिकट सहयोग गरेको छ।

मलेसियामा रहेका नेपालीहरूको तर्फबाट केही नेपाली नागरिक लामो समय जेल जीवन बिताएर हाल डिटेन्सन सेन्टरमा रहिरहेको र उनीहरूलाई स्वदेश फर्काउन हवाई टिकटको व्यवस्था गरिदिनुपर्ने आशयसहितको अनुरोध नेपाल आदिवासी जनजाति महासंघ मलेसियासमक्ष प्रस्तुत भएको थियो ।

उक्त अनुरोधलाई मध्यनजर गर्दै नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको मातहतमा रहेको जातीय संस्था किरात राई यायोक्खा मलेसियाले एक जना नेपाली नागरिकको घरफिर्तीका लागि हवाई टिकट सहयोग गरेको हो ।

टिकट सहयोग प्राप्त गर्ने नेपाली नागरिक मानसिंह राई हुन्। उनी नेपालको सङ्खुवासभा जिल्ला, टुङ्गखालिङ–१ का बासिन्दा हुन् ।

मलेसियास्थित नेपाली दूतावासले १ सेप्टेम्बर २०२६ मा जारी गरेको एकतर्फी यात्रा अनुमतिपत्रका आधारमा उनको स्वदेश फिर्ती प्रक्रिया अघि बढाइएको देखिन्छ । उक्त यात्रा अनुमतिपत्र ३० नोभेम्बर २०२६ सम्म मान्य रहेको छ ।

प्राप्त हवाई टिकटअनुसार उनी २५ नोभेम्बर २०२६ मा साँझ ६:१० बजे क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट बाटिक एयरको उडानमार्फत नेपाल प्रस्थान गर्ने तालिका रहेको छ । उक्त उडान सोही दिन राति ८:३५ बजे काठमाडौं अवतरण गर्नेछ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर