२०८३ मंसिर ६ गते आइतवार / Nov 22 , 2026 , Sunday
२०८३ मंसिर ६ गते आइतवार

मलेसियामा डिसेम्बर २७ मा लिम्बु समुदायको महान् चाड चासोक तङ्नाम मनाइँदै

Nada
तिलोचन गौतम
२०८३ मंसिर ६ गते २०:५०
Shares
मलेसियामा डिसेम्बर २७ मा लिम्बु समुदायको महान् चाड चासोक तङ्नाम मनाइँदै

मलेसिया : मलेसियामा रहेका लिम्बु समुदायको अग्रसरतामा लिम्बु जातिको महान् सांस्कृतिक तथा मौलिक पर्व चासोक तङ्नाम आगामी डिसेम्बर २७, २०२६ मा भव्य रूपमा मनाइने भएको छ ।

कार्यक्रमलाई विशेष बनाउन नेपालबाट विशिष्ट अतिथिका रूपमा सभासद् माननीय नरेन्द्र केरुङलाई निमन्त्रणा गरिएको आयोजकले जनाएको छ । त्यसैगरी, नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका ख्यातिप्राप्त गायक सायल लिम्बुको समेत विशेष उपस्थिति रहने बताइएको छ ।

लिम्बु समुदायको मौलिक संस्कृति, परम्परा, भाषा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको चासोक तङ्नाम कार्यक्रममा सांस्कृतिक प्रस्तुति तथा विभिन्न गतिविधिमार्फत पर्वको महत्त्व उजागर गरिने अपेक्षा गरिएको छ ।

विदेशमा रहेर पनि आफ्नो मौलिक संस्कार, संस्कृति र परम्परालाई निरन्तरता दिँदै नयाँ पुस्तामाझ यसको महत्त्व हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा मलेसियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उपस्थित भई कार्यक्रमको शोभा बढाउन र सफल बनाउन साथ, सहयोग तथा सहभागिताका लागि आयोजकले हार्दिक अपिल गरेको छ ।

आयोजकले चासोक तङ्नामलाई केवल उत्सवका रूपमा मात्र नभई नेपाली मौलिक संस्कृति, जातीय पहिचान र सामाजिक एकताको साझा अवसरका रूपमा मनाउन सबैमा आग्रह गरेको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर