२०८३ मंसिर ६ गते आइतवार / Nov 22 , 2026 , Sunday
२०८३ मंसिर ६ गते आइतवार

प्रधानमन्त्री शाहको स्वागतका लागि नयाँ दिल्लीमा भव्य तयारी

Nada
२०८३ मंसिर ६ गते १३:४४
Shares
प्रधानमन्त्री शाहको स्वागतका लागि नयाँ दिल्लीमा भव्य तयारी

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँ दिल्लीमा स्वागतको तयारी तीव्र पारिएको छ ।

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तस्बिरहरू नयाँ दिल्लीका विभिन्न स्थानमा रहेका सडकका पोलहरूमा राखिएका छन् । त्यस्तै, नेपाल र भारतका राष्ट्रिय झण्डाहरू पनि पोलहरूमा फहराएर राजधानीलाई सजाइएको छ ।

प्रधानमन्त्री बनेपछि शाह पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन् । यसअघि उनी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका थिए ।

प्रधानमन्त्री शाहको यो दोस्रो विदेश भ्रमण हो । दुईदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मूलगायत उच्चपदस्थ भारतीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर