
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली आइपुगेका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् ।
उनको बसाइ ताज होटलमा हुने तय भएको छ । आज साँझ प्रधानमन्त्री बालेनले भारतीय विदेशमन्त्री डा एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
भेट प्रधानमन्त्री बसेको होटल ताजमै हुनेछ । भ्रमणको दोस्रो दिन सोमबार भने उनी प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु लगायत उच्चस्तरीय भेटघाटमा व्यस्त हुनेछन् ।