२०८३ मंसिर ९ गते बुधवार / Nov 25 , 2026 , Wednesday
२०८३ मंसिर ९ गते बुधवार

चार महिनामै १ अर्ब १७ करोडको लसुन भित्रियो 

Nada
२०८३ मंसिर ९ गते १५:२०
Shares
चार महिनामै १ अर्ब १७ करोडको लसुन भित्रियो 

काठमाडौँ : नेपालमा लसुन आयात बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा मात्रै १ अर्ब १६ करोड ९२ लाख रुपैयाँभन्दा बढीको लसुन आयात भएको छ ।

 भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि कात्तिक मसान्तसम्म नेपालले ७ हजार ४३८ टन लसुन आयात गरेको छ । यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.५७ प्रतिशत बढी हो । गत वर्ष यस अवधिमा ५ हजार ४०७ टन लसुन आयात भएको थियो ।

आयातित लसुनमध्ये अधिकांश चीनबाट आएको छ । कुल आयातको ९२.७५ प्रतिशत हिस्सा चीनको रहेको छ । चीनबाट मात्रै ९९ करोड ७७ लाख रुपैयाँको ताजा लसुन आयात भएको विभागको तथ्यांक छ ।

भारतबाट भने १७ करोड १५ लाख रुपैयाँको लसुन भित्रिएको छ । भारतबाट आयात हुने लसुनको परिमाण घटे पनि सुकेको लसुनको मूल्य बढ्दा आयात रकम भने उल्लेख्य वृद्धि भएको छ ।

लसुन आयातबाट सरकारले चार महिनामा २८ करोड २७ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ । गत वर्ष सोही अवधिमा १८ करोड ४ लाख रुपैयाँ राजस्व उठेको थियो ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर