२०८३ मंसिर ९ गते बुधवार / Nov 25 , 2026 , Wednesday
२०८३ मंसिर ९ गते बुधवार

पार्टी हित विपरीत गतिविधिमा संलग्न जनप्रतिनिधिलाई पदमुक्त गर्न कांग्रेस बैठकमा माग

Nada
२०८३ मंसिर ९ गते १५:३०
Shares
पार्टी हित विपरीत गतिविधिमा संलग्न जनप्रतिनिधिलाई पदमुक्त गर्न कांग्रेस बैठकमा माग

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलदेव तिमल्सिनाले पूर्वसभापति शेरबहादुर देउवा समूहमा आबद्ध भई पार्टीको नीति र हित विपरीत गतिविधि गर्ने जनप्रतिनिधिमाथि अनुशासनको कारबाही अघि बढाउन माग गरेका छन् ।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा तिमल्सिनाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिको गतिविधिमाथि तथ्यगत छानबिन गरी विधानअनुसार कारबाही गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

पार्टीको टिकटमा निर्वाचित कतिपय जनप्रतिनिधि वैधानिक महाधिवेशन तथा विधिसम्मत गतिविधिमा सहभागी नभई पार्टी हित विपरीत सक्रिय रहेको उनको आरोप छ ।

‘पदमा पुगेपछि अनुशासन उल्लंघन गर्ने प्रवृत्तिको अन्त्य गर्न यस्ता जनप्रतिनिधिहरूको तथ्यगत छानबिन गरी विधानबमोजिम तत्काल अनुशासनको कारबाही गर्न र निर्वाचन आयोग मार्फत पदमुक्त गर्न म जोडदार माग गर्दछु।’ उनले बैठकमा भने ।

तिमल्सिनाले पार्टीको नाम, झन्डा र निर्वाचन चिह्नको प्रयोगका विषयमा पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन् । गत प्रतिनिधि सभा निर्वाचनमा रुख चिह्नमा मतदान नगर्ने र अरूलाई पनि मतदान नगर्न लगाउनेहरूले अहिले त्यही चिह्नमाथि दाबी गर्नु विडम्बनापूर्ण भएको उनको टिप्पणी छ ।

‘नेपाली कांग्रेसको ऐतिहासिक नाम, चारतारे झन्डा र चुनाव चिह्न रुखको अनधिकृत रूपमा अनधिकृत समूहबाट भइरहेको दुरुपयोग अत्यन्तै गम्भीर छ। यसले मतदाता र कार्यकर्तामा भ्रम सिर्जना गरेको छ।’ उनले भने ।

पार्टीको वैधानिक पहिचान र विधानको रक्षाका लागि निर्वाचन आयोगमार्फत तत्काल कानुनी तथा राजनीतिक पहल गरी त्यस्ता गतिविधि रोक्नुपर्ने तिमल्सिनाको माग छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर