२०८३ मंसिर ९ गते बुधवार / Nov 25 , 2026 , Wednesday
२०८३ मंसिर ९ गते बुधवार

दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ

Nada
२०८३ मंसिर ९ गते १०:११
Shares
दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् ।

हङकङबाट क्याथे प्यासेफिकको विमानमा गएराति यहाँ आएका उनीहरूलाई मङ्गलबार राति नै पक्राउ गरिएको हो ।

मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको सुनजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका सह प्रवक्ता उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

बरामद वस्तुको परीक्षण तथा अनुसन्धान भइरहेको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर