२०८२ कार्तिक १ गते शनिवार / Oct 18 , 2025 , Saturday
२०८२ कार्तिक १ गते शनिवार
Ads

अपराजित रहँदै नेपालले जित्यो विश्वकप छनोटको उपाधि

shivam cement
मध्यान्ह
२०८२ असोज ३१ गते १९:३२
अपराजित रहँदै नेपालले जित्यो विश्वकप छनोटको उपाधि

काठमाडौं : नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको उपाधि हात पारेको छ । शुक्रबार भएको अन्तिम खेलमा सामोआमाथि १२४ रनको फराकिलो जित निकाल्दै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो ।

यसअघि नै विश्वकपका लागि छनोट पक्का गरिसकेको नेपाल सुपर सिक्स चरणको अन्तिम खेल जित्दै १० अंकसहित शीर्ष स्थानमा रह्यो । ओमान ८ अंकसहित दोस्रो र युएई ६ अंकसहित तेस्रो भयो । यी तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपका लागि टिकट काटिसकेका छन् ।

अल एमिरेट क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको सामोआले नेपालको ब्याटिङ रोक्न सकेन । नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २११ रनको विशाल योगफल तयार पार्‍यो ।
ओपनर आसिफ शेखले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रनको पारी खेले । दीपेन्द्रसिंह ऐरीले ३३ बलमा २ चौका र ४ छक्कासहित ५३ रन थपे । अन्त्यतिर लोकेश बमले ११ बलमा विस्फोटक ३९ रन बनाए भने कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे ।

२१२ रनको लक्ष्य पछ्याउने क्रममा सामोया २० ओभरमा ७ विकेट गुमाएर ८७ रनमै रोकियो ।

नेपालका लागि ललित राजवंशी सर्वाधिक सफल बलर बने । उनले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले समान १–१ विकेट हात पारे । सामोआका सिन सोलियाले सर्वाधिक ४० रन बनाए । नेपाल समूह चरणमा कुवेत र जापानलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको थियो । 

ADV

सम्बन्धित खबर

Advertise