२०८३ कार्तिक २ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक २ गते सोमवार

बाढीले क्षति पुर्‍याएको शितलपुर–मर्यादपुर सडक मर्मत सुरु

Nada
कृष्ण तिवारी
२०८२ असोज ३१ गते २१:४८
Shares
बाढीले क्षति पुर्‍याएको शितलपुर–मर्यादपुर सडक मर्मत सुरु

रौतहट : रौतहटको फतुवा विजयरपुर नगरपालिकास्थित शितलपुर क्षेत्रमा बाढी र पहिरोले क्षति पुर्‍याएको सडक मर्मत कार्य सुरु गरिएको छ । गत असोज १८ गते शनिबारको भीषण वर्षासँगै आएको बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको शितलपुर छठघाटसहितका सडकहरू मर्मत गर्न थालिएको हो । 

ncell

जिल्लाको मौलापुर नगरपालिका–१ मर्यादपुर हुँदै फतुवा विजयरपुर–२ शितलपुर जोड्ने ग्रामीण सडकको मर्मत कार्य अघि बढाइएको वडाध्यक्ष अनिरुद्ध यादव ‘संजय’ले जानकारी दिए । उनका अनुसार वर्षासँगै बाढी र पहिरो आउँदा विभिन्न खोला तथा खोल्साका आसपासका सडकहरू अवरुद्ध बनेका थिए, ती स्थानमा अहिले मर्मत कार्य भइरहेको छ ।

अडुवा र भकुवा खोलामा बाढीले क्षति पुर्‍याएका सडक खण्डहरूमा पनि मर्मत सुरु गरिएको छ । वडाध्यक्ष संजयका अनुसार सर्वसाधारण र स्थानीय यात्रुहरूको सहज आवागमनका लागि अवरुद्ध सडक खुलाउने र छठघाट निर्माण कार्य पनि एकैसाथ अघि बढाइँदैछ ।

उनका अनुसार आफैंले उपलब्ध गराएको एक्साभेटर उपकरणसहितको सहयोगमा खोलानालामा क्षति पुगेका भागहरूको मर्मत र सुधार कार्य भइरहेको छ । 

संजयले भने, ‘खोलामा आएको बाढीका कारण सडकका विभिन्न भाग भासिएका थिए, ती भागहरू मर्मत गर्दै सडक सञ्चालनमा ल्याउन लागिएको हो ।’

वडाध्यक्ष संजयका अनुसार बाढी–पहिरोले अवरुद्ध बनाएको मर्यादपुर जोड्ने सडक मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । स्थानीयको सक्रिय सहभागिता र वडा कार्यालयको पहलमा सडक पुनः सञ्चालनमा ल्याउने प्रयास जारी रहेको उनले बताए ।

uae

सम्बन्धित खबर