२०८२ कार्तिक २ गते आइतवार / Oct 19 , 2025 , Sunday
२०८२ कार्तिक २ गते आइतवार
Ads

इलाभेन स्टारलाई उपाधि

shivam cement
बिन्द्र राई
२०८२ कार्तिक १ गते १९:३८
इलाभेन स्टारलाई उपाधि

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा जारी तेस्रो स्व. युवराज (कैलास) राई स्मृति फुटबल प्रतियोगिताको फाइनल खेलमा इलाभेन स्टार फुटबल समूह बोक्सेले युनाइटेड फुटबल समूह गाईघाटलाई पराजित गर्दै उपाधि हात पारेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा इलाभेन स्टारले युनाइटेड गाईघाटलाई ३–० गोलको फराकिलो अन्तरले हराउँदै विजेता बनेको हो ।

खेलको पहिलो हाफको १६औं मिनेटमा इलाभेन स्टारका रविशंकर चौधरीले पहिलो निर्णायक गोल गरे । त्यसपछि दोस्रो हाफको १५औं मिनेटमा सन्दीप लिम्बूले टोलीका लागि दोस्रो गोल थपे । निर्धारित समय सकिएपछि थप गरिएको ६ मिनेटको अतिरिक्त समयको तेस्रो मिनेटमा पुनः रविशंकर चौधरीले तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

प्रतिद्वन्द्वी युनाइटेड फुटबल समूह गाईघाटले खेलभरि गोलका केही अवसरहरू गुमाएसँगै उपविजेतामा सीमित रह्यो ।

खेलको ‘म्यान अफ द म्याच’ इलाभेन स्टारका रविशंकर चौधरी घोषित भए । त्यस्तै, इलाभेन स्टारकै तर्फबाट नीमछिरिङ शेर्पा ‘बेस्ट गोलकिपर’, विशाल चौधरी ‘बेस्ट स्ट्राइकर’, र रविशंकर चौधरी ‘हाई स्कोरर’ तथा ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए ।

गाईघाटका डेविड चौधरी ‘बेस्ट डिफेन्डर’ र सनम राई ‘बेस्ट मिडफिल्डर’ बने ।

विजेता टोलीलाई ५१ हजार रुपैयाँ नगदसहित ट्रफी र उपविजेतालाई ३१ हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिएको थियो । पुरस्कार वितरण त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईसहितका अतिथिहरूले संयुक्त रूपमा गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise