२०८२ कार्तिक २ गते आइतवार / Oct 19 , 2025 , Sunday
२०८२ कार्तिक २ गते आइतवार
Ads

त्रियुगा नगरपालिकाद्वारा दरबन्दी बाहेकका कर्मचारीको सम्झौता रद्द

shivam cement
बिन्द्र राई
२०८२ कार्तिक १ गते २०:२८
त्रियुगा नगरपालिकाद्वारा दरबन्दी बाहेकका कर्मचारीको सम्झौता रद्द

उदयपुर : त्रियुगा नगरपालिकाले स्वीकृत दरबन्दी बाहेकका अस्थायी, दैनिक ज्यालादारी र करार सेवामा कार्यरत कर्मचारीको सम्झौता रद्द गरेको छ । नगरपालिकाले जारी गरेको सूचनाअनुसार यो निर्णय कात्तिक १ देखि नै लागू भएको छ ।

नगर प्रमुख वसन्त बस्नेतका अनुसार मन्त्रिपरिषद्को असोज ४ को निर्णय, अर्थ मन्त्रालयको असोज ७ को निर्देशन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज ८ को परिपत्रलाई आधार मानेर यो कदम चालिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाद्वारा हस्ताक्षरित सूचनामा संघीय सरकार, प्रदेश र स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका अस्थायी, ज्यालादारी र करार कर्मचारीको सम्झौता रद्द गरिएको उल्लेख छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise