
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन बनाएको हो ।
अमेरिकाका लागि स्मित पटेल र मिलन्दु कुमारले शानदार अर्धशतक बनाए । पट्टेलले सय बलमा ७५ रन बनाए भने मिलन्दुले ५० बलमा नटआउट ७० रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरी एकएक विकेट हात पारे । केही बेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ ।