२०८२ कार्तिक ९ गते आइतवार / Oct 26 , 2025 , Sunday
२०८२ कार्तिक ९ गते आइतवार
Ads

विश्वकप लिग टू: नेपालले आज अमेरिकासँग खेल्दै

shivam cement
मध्यान्ह
२०८२ कार्तिक ९ गते ०७:२७
विश्वकप लिग टू: नेपालले आज अमेरिकासँग खेल्दै

काठमाडौँ : आइसिसी विश्वकप लिग टू मा आज नेपालले अमेरिकासँग खेल्दै छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंशगालामा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।

नेपाल यस सिरिजमा अमेरिकाविरुद्ध यसअघि भोगेको हारको बदला लिने र अंक तालिकामा आफ्नो स्थिति सुधार्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । रोहित पौडेलको कप्तानीमा रहेको नेपालले गत साता विश्वकपमा छनोट भएर नेपाली समर्थकहरूमा उत्साह भरेको थियो, अब लिग २ मा उत्कृष्ट पुनरागमन गर्दै अघि बढेर अर्को सफलता हासिल गर्ने लक्ष्यमा छ ।

नेपाल र अमेरिकाबीच ओडीआई क्रिकेटमा कुल ९ खेलहरू भएका छन्, जसमा दुवै टोलीले समान ४–४ खेलमा विजय हासिल गरेका छन् । एउटा खेल वर्षाका कारण नतिजाविहीन भएको थियो । हालका भिडन्तहरू हेर्दा अमेरिकाले २०२४ मा आफ्नै मैदानमा भएको दुई खेलहरूमा नेपाललाई क्रमशः ३७ रन र ३ विकेटले हराएको थियो। यो सिरिजमा नेपालले आफ्नो लय देखाउँदै उत्कृष्ट प्रदर्शन गर्न सक्ने अपेक्षा गरिएको छ ।

आइसिसी विश्वकप लिग २ को हालको अंक तालिकामा अमेरिका दोस्रो स्थानमा छ, जसले २० खेलमा १४ जित, ६ हार र २८ अंक जोडेको छ । यता नेपाल भने सातौँ स्थानमा छ । १६ खेलमा ५ जित, ९ हार र २ नतिजाविहीन खेलबाट १२ अंक मात्रै जोडेको छ । यही सिरिजमा रहेको घरेलु टोली युएई भने समान खेलमा ६ अंकसहित पुछारमा छ ।

८ टोली सहभागी यो प्रतियोगितामा शीर्ष तीन टोली मात्रै सन् २०२७ को आइसिसी विश्वकपमा छनोट हुनेछन् । यता अमेरिका भने उत्कृष्ट फर्ममा छ । २० खेलमा १४ जितले उनीहरूको आक्रामक शैली झल्काउँछ । तर दुबईको मैदानमा नेपालले आफ्नो स्पिन आक्रमणको फाइदा लिन सक्ने सम्भावना पनि उत्तिकै रहेको छ ।

टी२० विश्वकप छनोटमा खेलेका अधिकांश खेलाडी नै नेपालको ओडिआई टोलीमा छन् र लिग २ को यो सिरिज खेल्दै छन् । विश्वकप छनोटमा खेलेको टोलीबाट मोहम्मद आदिल आलम, सन्दीप जोरा र लोकेश बम बाहिरिँदा अनिल साह, भीम सार्की र शाहब आलम टोलीमा भित्रिएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise