
काठमाडौँ : सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा थपिन लागेका चार मन्त्रीको शपथ आइतबार दिउँसो साढे २ बजे हुने भएको छ ।
प्रधानमन्त्री कार्कीले आइतबार खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, डा.सुधा शर्मा गौतम र बब्लु गुप्तालाई मन्त्री बनाउन लागेकी छन् । डा. गौतम स्वास्थ्य तथा जनसङ्ख्या, सुनार श्रम तथा रोजगार, श्रेष्ठ भूमि व्यवस्था, गुप्ता युवा तथा खेलकुद मन्त्री बन्नेछन् ।
श्रेष्ठलाई यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी तय भएकोमा अहिले उनको जिम्मेवारी फेरेर भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो । प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाइसकेकी छन् ।