२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

कांग्रेस इतर पक्षको काठमाडौं जिल्ला अधिवेशन देउवाले उद्घाटन गर्ने

Nada
२०८३ कार्तिक १२ गते १८:३७
Shares
कांग्रेस इतर पक्षको काठमाडौं जिल्ला अधिवेशन देउवाले उद्घाटन गर्ने

काठमाडौँ : नेपाली कांग्रेसको इतर पक्षले काठमाडौं जिल्ला अधिवेशन कात्तिक २१ गते गर्ने भएको छ । अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने तय भएको छ ।

अधिवेशन राष्ट्रिय सभागृहमा आयोजना हुने जनाइएको छ ।

गगन थापाको नेतृत्वमा १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी अघि बढाएको हो ।

देउवा पक्षले अधिकांश जिल्लाको अधिवेशन कात्तिक १५ गते गर्ने तयारी गरेको छ । उक्त समूहले मंसिर २१ गतेदेखि महाधिवेशन गर्ने जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर