२०८२ कार्तिक १० गते सोमवार / Oct 27 , 2025 , Monday
२०८२ कार्तिक १० गते सोमवार
Ads

साम्बाको दुई गोलमा भारतविरूद्ध नेपालको जित

shivam cement
मध्यान्ह
२०८२ कार्तिक १० गते २०:२७
साम्बाको दुई गोलमा भारतविरूद्ध नेपालको जित

काठमाडौं÷मस– सावित्रा भण्डारी साम्बाको दुई गोलमा नेपालले थ्री नेसन्स महिला फुटबल प्रतियोगितामा भारतमाथि २–१ को सानदार जित निकालेको छ । सोमबार सिलङको जवाहरलाल नेहरू रंगशालामा सम्पन्न खेलमा नेपालले घरेलु टोलीलाई हराउँदै प्रतियोगिता सुखद रूपमा टुंग्याएको हो ।

यसअघि नै इरानले नेपाल र भारत दुवैलाई पराजित गर्दै उपाधि जितिसकेको थियो । इरानले नेपाललाई ३–० र भारतलाई २–० ले हराएको थियो । त्यसैले सोमबारको खेल नेपालका लागि सान्त्वना जितका रूपमा महत्वपूर्ण बन्यो ।

खेलको सुरुवातमै नेपालले आक्रामक प्रदर्शन गर्‍यो । दोस्रो मिनेटमै सावित्रा भण्डारीले विमला विकको लामो पास सदुपयोग गर्दै गोल गर्दै नेपाललाई अग्रता दिलाइन् ।

दोस्रो हाफमा पनि सावित्रा नै निर्णायक सावित भइन् । ६२औं मिनेटमा उनले फ्रिकिकबाट गरेको प्रहार चार भारतीय खेलाडीको पर्खाल पार गर्दै सिधै जालभित्र पुगेको थियो । उनको उत्कृष्ट प्रहार रोक्न भारतीय गोलकिपर असफल रहिन् ।

भारतले खेलको अन्त्यतिर एक गोल फर्काएको थियो । ८२औं मिनेटमा करिश्मा पुरुषोत्तमले निर्मला देवीको फ्रिकिकमा आएको बल बाउन्स हुँदै जाली भित्र पठाउँदै अन्तर घटाइन् । तर बाँकी समयमा भारत बराबरीमा फर्किन सकेन ।

यस जितसँगै नेपालले तीन टिम सहभागी प्रतियोगिताको सुखद अन्त्य गरेको छ । नेपालले दुई खेलमा तीन अंक जोड्यो भने भारत अंकविहीन रह्यो ।

यो जितसँगै महिला अन्तर्राष्ट्रिय फुटबलमा भारतमाथिको नेपालको पछिल्लो प्रभुत्व पनि जारी रह्यो । सन् २०१९ यता भारतले नेपाललाई पराजित गर्न सकेको छैन ।

सावित्राका लागि यो गोल उनको ५९औं खेलमा ६८औं अन्तर्राष्ट्रिय गोल हो । भारतविरुद्ध मात्रै उनले व्यक्तिगत रूपमा १० गोल गरिसकेकी छन् ।

ADV

सम्बन्धित खबर

Advertise