२०८२ कार्तिक १० गते सोमवार / Oct 27 , 2025 , Monday
२०८२ कार्तिक १० गते सोमवार
Ads

कांग्रेसमा नियमित महाधिवेशन हुन्छ, एकताबद्ध भएर अघि बढौं : पूर्णबहादुर खड्का

shivam cement
मध्यान्ह
२०८२ कार्तिक १० गते १६:२०
कांग्रेसमा नियमित महाधिवेशन हुन्छ, एकताबद्ध भएर अघि बढौं : पूर्णबहादुर खड्का

काठमाडौं : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको नियमित महाधिवेशन हुने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित नेपाल तरुण दलको ७३औं स्थापना दिवसको कार्यक्रममा बोल्दै उनले सो कुरा स्पष्ट पारेका हुन् । पार्टी महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गरिरहेको उल्लेख गर्दै उनले नियमित महाधिवेशनमार्फत नै सो समस्याको समाधान हुने तर्क समेत गरे ।

कार्यवाहक सभापति खड्काले पार्टीको केन्द्रीय कार्यसमिति बैठकले मुलुकलाई निकास दिनेगरी पार्टीको विधानअनुसार सबै निर्णयहरु लिने दाबी समेत गरे । पार्टीभित्रको एकतामा जोड दिँदै कार्यवाहक सभापति खड्काले कांग्रेसले विगतमा जस्तै मुलुकलाई अघि बढाउन मियोको रुपमा भूमिका खेल्ने गरी आवश्यक निर्णय लिने पनि बताए ।

कार्यवाहक सभापति खड्काले मुलुकलाई संकटबाट जोगाउन सबै राजनीतिक दल,नागरिक समाज, सञ्चार क्षेत्र एक ठाउँमा उभिनुपर्ने बेला आएको समेत बताए । 

ADV

सम्बन्धित खबर

Advertise