
काठमाडौं : छठको मुख्य दिन आज नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा ब्रतालुहरुले साँझ सूर्यलाई अर्घ्य दिएका छन् ।
निर्जल र निराहार ब्रत बसेका उनीहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । अर्घ्य दिँदै गर्दा उनीहरुले सूर्यलाई आफ्नो मनोकांक्षा सुनाउँछन् र पूरा गरिदिन आग्रह गर्छन् ।
छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिन्छ ।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)