२०८२ कार्तिक १३ गते बिहिवार / Oct 30 , 2025 , Thursday
२०८२ कार्तिक १३ गते बिहिवार
Ads

बंगलादेशमा म्यानपावर छनोटको प्रक्रिया सुरु

shivam cement
२०८२ कार्तिक १३ गते ०६:१५
बंगलादेशमा म्यानपावर छनोटको प्रक्रिया सुरु

ढाका : बंगलादेशले मलेसियाले जारी गरेको सूचनाअनुसार म्यानपावर कम्पनी छनोटको प्रक्रिया सुरु गरेको छ । बंगलादेशको प्रवासी कल्याण तथा वैदेशिक रोजगार मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै तोकिएको छनोट मापदण्ड पूरा गर्न सक्षम बंगलादेशबाट कानुनी रूपमा इजाजतपत्र प्राप्त भर्ती एजेन्टहरूलाई सन् २०२५ नोभेम्बर ७ तारिकसम्ममा आवेदन दिन आमन्त्रित गरेको छ । 

मलेसियाले नेपालसहित भारत, बंगलादेश, भियतनाम र पाकिस्तानलाई पठाएको भनिएको पत्रमा १५ नोभेम्बरसम्म मापदण्डअनुसारका म्यानपावर कम्पनीको सूची पठाउन समयसीमा तोकेको छ ।

मलेसियामा बंगलादेशका कामदार रोकिएको अवस्थामा कामदार पठाउन म्यानपावर कम्पनी सूचीकरण गर्ने मलेसियाको पत्रलाई बंगलादेशमा अवसरको ढोका खुला भएको भन्दै हर्ष व्यक्त गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise