२०८२ कार्तिक ९ गते आइतवार / Oct 26 , 2025 , Sunday
२०८२ कार्तिक ९ गते आइतवार
Ads

मलेसियाको एक हत्या प्रकरणमा तीन नेपाली पक्राउ

shivam cement
२०८२ कार्तिक ९ गते ०६:२०
मलेसियाको एक हत्या प्रकरणमा तीन नेपाली पक्राउ

क्वालालम्पुर, मलेसिया : मलेसियामा आमा–छोरीको हत्या प्रकरणमा तीन नेपाली पक्राउ परेका छन् । मलेसियाको सरकारी सञ्चारमाध्यम बर्नामाका अनुसार मलेसियाको कम्पुङ सेकोलाह जुरुमा एक महिला र उनकी छोरीको हत्यामा संलग्न भएको आरोपमा तीन नेपाली पुरुष पक्राउ परेका हुन् । उनीहरूलाई अदालतको अनुमति लिएर अनुसन्धान गर्न सात दिनका लागि हिरासतमा राखिएको छ ।

पेनाङ प्रहरी प्रमुख दातुक अजिजी इस्माइलले पक्राउ परेका नेपालीहरूलाई हत्याका लागि दण्डसंहिताको धारा ३०२ अन्तर्गत अनुसन्धान भइरहेको जानकारी दिएका छन् । हत्यामा संलग्न एक नेपालीलाई नेपाल भाग्ने प्रयास गर्दा अध्यागमन कार्यालयमा हिरासतमा राखिएको थियो । अन्य दुई संदिग्धहरूलाई बुकित तेंगाहको एक निवासबाट पक्राउ गरिएको थियो । 

अघिल्लो शनिबार ५१ वर्षीया सारिया चे हिन र उनकी धर्मपुत्री नुर अफरिना अलिशा अब्दुल रहिम, ११ वर्षीया कम्पुङ सेकोलाह जुरुको एक घरमा मृत फेला परेका थिए । सरियाको शव घरको भुइँ तल्लाको भान्छामा फेला परेको थियो ।

प्रहरीले अनुसन्धानमा सहयोग गर्न पीडितका ५७ वर्षीय पतिसहित तीन जना संदिग्धहरूलाई पनि पक्राउ गरेको बताएको छ । मलेसियाको दण्डसंहिताको धारा ३०२ अन्तर्गतको कसुरमा मृत्युदण्ड वा कम्तीमा ३० वर्ष, तर बढीमा ४० वर्ष कैदको सजाय हुन्छ । मृत्युदण्ड नदिएको खण्डमा ५० वर्षमुनिका पुरुषलाई दोषी ठहरिएमा कम्तीमा १२ कोर्राको सजाय हुने व्यवस्था छ ।

ADV

सम्बन्धित खबर

Advertise