२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

कामदारको म्यादी बिमाबाट बिमा कम्पनीहरूले गरे मनग्ये आम्दानी

shivam cement
२०८२ असोज २५ गते ०६:२०
कामदारको म्यादी बिमाबाट बिमा कम्पनीहरूले गरे मनग्ये आम्दानी

काठमाडौं : वैदेशिक रोजगारमा जाने कामदारको म्यादी बिमाबाट बिमा कम्पनीहरूले मनग्ये आम्दानी गरेको देखिएको छ । बिमा कम्पनीहरूले आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जाने ८ लाख ४० हजार ७३ वटा वैदेशिक रोजगार म्यादी जीवन बिमालेख जारी गरेर ३ अर्ब ५६ करोड ४ लाख ८६ हजार १ सय २७ रुपैयाँ संकलन गरेका थिए ।

बिमा कम्पनीहरूले सो अवधिमा कामदार वा उनीहरूको परिवारलाई १ अर्ब ९५ करोड ९७ लाख ५५ हजार ९ सय ९० रुपैयाँ दाबी भुक्तानी गरेका छन् । यो रकम कुल आर्जित बिमा शुल्कको ४५ प्रतिशत हाराहारी मात्रै हो ।

बिमा कम्पनीहरूले भने वैदेशिक रोजगार म्यादी जीवन बिमाको व्यापारबाट खासै नाफा नभएको, तर नगद प्रवाहलाई सन्तुलित बनाउन मात्रै मद्दत पुगेको बताउने गरेका छन् ।

वैदेशिक रोजगार म्यादी जीवन बिमा गरेकोे कामदारको कुनै कारणबाट वैदेशिक रोजगारीका क्रममा मृत्यु भएमा १० लाख रुपैयाँ, घातक रोग लागेमा ५ लाख रुपैयाँसम्म, किरिया खर्चबापत १ लाख, आयको नोक्सानीबापत २ लाख, औषधोपचार खर्चबापत १ लाख, शव ल्याउन खर्चबापत १ लाख रुपैयाँ सुविधा पाउने व्यवस्था छ । यसका अतिरिक्त स्थायी पूर्णअशक्तता बापत १० लाख रुपैयाँ र आंशिक पूर्णअशक्त भएमा तोकेबमोजिमको सुविधा पाउने व्यवस्था छ ।

वैदेशिक रोजगारामा जाने १६ देखि ६० वर्ष उमेर समूहका कामदारले १ देखि ५ वर्षसम्मको म्यादी बिमा गर्नुपर्ने व्यवस्था छ । देश र कामदारको उमेरअनुसार म्यादी बिमाको शुल्क फरक छ । वैदेशिक रोजगारीमा साउदी अरेबिया, कतार र युएईसहित खाडीका देश र मलेसिया जाने कामदारहरूले १ हजार ५ सयदेखि ४ हजारसम्म र कोरिया र इराजरायल जाने कामदारले २ हजार ५ सयको बिमा गर्नुपर्ने व्यवस्था छ ।

ठुलो संख्यामा खाडी मुलुक र मलेसिया जाने कामदारको श्रम स्वीकृति २ वर्षको हुने भएपनि म्यादी बिमा श्रम स्वीकृति भन्दा १ वर्षभन्दा बढी अवधिको छ । कामदारले ३ वर्षको प्रिमियम तिरेर बिमा गराउँदै आएका छन् । तीन वर्ष अवधिको म्यादी बिमा गर्दा कामदारको हित हुने भन्दै प्रिमियम रकम बढाइए पनि त्यसको प्रत्यक्ष लाभ भने बिमा कम्पनीले पाएको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise