२०८२ कार्तिक १ गते शनिवार / Oct 18 , 2025 , Saturday
२०८२ कार्तिक १ गते शनिवार
Ads

नेपाली कामदार डिजिटल ठगीमा पर्ने क्रम बढ्दो

shivam cement
२०८२ कार्तिक १ गते ०६:२०
नेपाली कामदार डिजिटल ठगीमा पर्ने क्रम बढ्दो

काठमाडौं : वैदेशिक रोजगारमा रहेका नेपाली कामदार डिजिटल ठगीमा पर्ने क्रम बढेको छ । ओमानमा साइबर ठगीमा संलग्न एक महिलासहित १९ जना नेपालीलाई डिपोर्ट गरिएपछि नेपाली कामदारमाथि बढ्दो सुरक्षा खतरा सार्वजनिक भएको हो ।

उनीहरूलाई प्रयोग गरी चिनियाँ गिरोहले नक्कली रोजगारी, अनलाइन लगानी र सामाजिक सञ्जालमार्फत पैसा ठग्ने कार्यमा लगाएको बताइएको छ । उक्त समूहले खाडीमा बस्ने नेपालीसहित एसियाली मूलका नागरिकहरूलाई लक्षित गरी नक्कली बैंक वेबसाइट, रोमान्स च्याट एप र क्रिप्टो ट्रेडिङ प्लेटफर्महरूमा जानाजान वा गुमराहमा पारेर काम गराउने गरेकोे बताइएकोे छ ।

ओमानले साइबर ठगीमा संलग्न भएको कसुरमा एक महिलासहित १९ जना नेपालीलाई बिहीबार डिपोर्ट गरेको छ भने थप ७ जनालाई आगामी सोमबार पठाउने तयारी रहेकोे बताइएको छ । ८ महिनाअघि गत मार्चमा पक्राउ परेका उनीहरूलाई अदालतले ६ महिना कैद र ३ देखि ६ सय ओमानी रियाल जरिमाना लगाएको थियो ।

विभिन्न तरिकाबाट ओमान पुर्‍याइएका उनीहरूलाई पासपोर्ट र कागजात खोसेर अनलाइन ग्राहक सेवा वा लगानी परामर्शदाताको नाममा नक्कली वेबसाइट तथा च्याट एपमार्फत ठगी गतिविधि गर्न जबरजस्ती काममा लगाइएको बताइएको छ । भिजिट भिसामा दुबईमा गएका उनीहरूलाई ठगी गर्ने चाइनिज नेटवर्किङ कम्पनीले पुनः भिजिट भिसामा ओमान लगेको  गैरआवासीय नेपालीहरूले बताएका छन् । जेल अवधि पूरा गरेर डिपोर्टको अवस्थामा पुगेका नेपालीलाई गैरआवासीय नेपालीहरूले एकतर्फी हवाई टिकट उपलब्ध गराएका छन् ।

यसअघि गत फेब्रुअरीमा पनि चिनियाँ अपराधी गिरोहले थाइल्यान्ड–म्यानमार सिमानामा खोलेका अवैधानिक स्क्यामका ठगी केन्द्रहरूबाट जबरजस्ती काममा लगाइएका नेपालीसहित ठुलो संख्यामा रहेका विदेशी कामदारहरूलाई बहुराष्ट्रिय कारबाहीबाट मुक्त गरिएको थियो । आप्रवासी कामदारलाई बन्धक बनाएर ती अवैध अनलाइन केन्द्रहरूमा एक लाख बढी आप्रवासीलाई काममा लगाइएको अनुमान थियो । थाइल्यान्डले आफ्नो सिमानामा अवैध अनलाइन केन्द्रहरू भत्काउन सफल भएपछि चिनियाँ गिरोह खाडी मुलुकमा स्थानान्तरण भएको बताइएको छ ।

प्रायः आपराधिक गिरोहहरूद्वारा बेचबिखन गरिएका मानिसहरूलाई प्रयोग गरिएको ठगी केन्द्रमा पुगेका केहीले स्वेच्छाले त्यहाँ गएको बताएका छन् भने धेरैले अनुचित आर्थिक प्रलोभनमा पारेर पुर्‍याएको बताएका छन् ।

पटकपटक नेपाली कामदार अवैधानिक गिरोहको प्रलोभनमा परेर ठगीमा पर्नुले उनीहरूलाई वैदेशिक रोजगारमा जानु अघि दिइने अभिमुखीकरण तालिममा कमीकमजोरी रहेकोे पुष्टि हुने कतिपयले टिप्पणी गरेका छन् । कतिपयले भिजिट भिसाले निम्त्याउने धेरै जोखिममध्ये अवैध स्क्याम गिरोहको जालो पनि एक रहेको बताएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise