२०८२ कार्तिक १ गते शनिवार / Oct 18 , 2025 , Saturday
२०८२ कार्तिक १ गते शनिवार
Ads

अफगान सीमावर्ती क्षेत्रमा पाकिस्तानको हवाई आक्रमण, ७० भन्दा बढी आतंककारी मारिए

shivam cement
मध्यान्ह
२०८२ कार्तिक १ गते १३:५५
अफगान सीमावर्ती क्षेत्रमा पाकिस्तानको हवाई आक्रमण, ७० भन्दा बढी आतंककारी मारिए

इस्लामाबाद : पाकिस्तानले अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा गरेको हवाई आक्रमणमा ७० भन्दा बढी आतंककारीको ज्यान गएको छ । सुरक्षा स्रोतहरूका अनुसार, यो कारबाही प्रतिबन्धित आतंककारी समूह तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) को एक समूहविरुद्ध गरिएको हो ।

उत्तर वजीरिस्तान र दक्षिण वजीरिस्तानका सीमावर्ती क्षेत्रमा आधारित विश्वसनीय गुप्त सूचनाका आधारमा पाकिस्तानले सटीक हवाई कारबाही सञ्चालन गरेको हो । आक्रमणमा समूहका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतंककारी मारिएका स्रोतहरूले बताएका छन् ।

हाल टीटीपीसँग युद्धविराम कायम भए पनि उक्त समूहले पाकिस्तानका विभिन्न स्थानहरूमा आक्रमण जारी राखेको जनाइएको छ । शुक्रबार उत्तर वजीरिस्तानमा भएको एक सवारी बम विस्फोटमा एक सुरक्षाकर्मीको ज्यान गएको थियो भने केही अन्य घाइते भएका थिए ।

सुरक्षा निकायका अनुसार पछिल्ला ४८ घण्टामा आतंककारीहरू अफगानिस्तानबाट पाकिस्तानमा आक्रमण गर्न आएका थिए । पाकिस्तानी सुरक्षा बलले आतंककारी गतिविधिहरूको कडा जवाफ दिने चेतावनी पनि दिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise