२०८२ कार्तिक १३ गते बिहिवार / Oct 30 , 2025 , Thursday
२०८२ कार्तिक १३ गते बिहिवार
Ads

जीप दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

shivam cement
२०८२ कार्तिक १३ गते ०७:४०
जीप दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

बैतडी : जिल्लाको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका-७ स्वाखानीमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

गम्भीर घाइते भएका मेलाली नगरपालिका-२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा केही बेर अघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए ।

अन्य घाइतेहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । 

ADV

सम्बन्धित खबर

Advertise