
काठमाडौँ : कपिलवस्तुको पूर्व-पश्चिम राजमार्गस्थित शिवराज नगरपालिका-१, बनकसबासमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
राति करिब २ बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ८५०६ नं.को यात्रुवाहक बसले एक पैदल यात्रीलाई ठक्कर दिई अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको वडा प्रहरी कार्यालयले जनाएको छ । बसले ठक्कर दिएका अन्दाजी ५०/५५ वर्षका पुरुषको भने मृत्यु भएको छ ।
उनलाई उपचारका लागि चन्द्रौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको बताइएको छ ।
घाइते यात्रुको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।