२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

बुल्दीखोलामा पुल बन्यो

मध्यान्ह
२०८२ जेठ ४ गते १६:५४
बुल्दीखोलामा पुल बन्यो

तनहुँ : तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने गरी कराङकाठबाट बसपार्क आवतजावत बुल्दीखोलामा पुल निर्माण गरिएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले बुल्दीखोलामा एक स्पामको पुल निर्माण गरिएको बताए । पुल निर्माणपछि बसपार्कमा गाडी व्यवस्थापनका साथै सवारी र सर्वसाधारणलाई आवतजावतमा सहज भएको छ ।

३० भदौ २०८२ मासम्पन्न गर्ने गरी निर्माण कम्पनीले सम्झौता गरेको थियो । सम्झौताभन्दा अगावै २२ वैशाख २०८२ मा निर्माण सम्पन्न गरेको छ । उक्त पुलको लम्बाइ २५ मिटर र ८ दशमलव ४० मिटर चौडाइ छ । पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत ६ करोड २८ लाख ९४ हजार ६९० रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको हो ।

यसमा संघीय सरकारको १ करोड ३५ लाख रुपैयाँ रहेको छ भने बाँकी रकम व्यास नगरपालिकाको आफ्नै स्रोतबाट व्यवस्थापन गरेको छ । कामलाई निरन्तरता दिने हो भने सम्झौताभन्दा अगावै काम सम्पन्न गर्न सकिन्छ भन्ने गतिलो सन्देश अन्य निर्माण व्यवसायीलाई समेत दिएको व्यासका योजना शाखा अधिकृत भेषराज तिवारीले बताए ।

पुल बनेपछि सवारी आवागमन सहज हुनुका साथै खोला किनारका करिब एक सय घर बस्ती संरक्षणमा सहयोग पुग्ने बताइएको छ । बर्खायाममा खोलामा बाढी आउँदा कजवेबाट पानी निकासा हुन नसक्दा खोला आसपासका बस्तीमा पानी पसेर क्षति हुने गरेको थियो ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर