२०८३ कार्तिक २२ गते आइतवार / Nov 08 , 2026 , Sunday
२०८३ कार्तिक २२ गते आइतवार

दीपावलीमा विपन्नका घर उज्यालो बनाउँदै पौडेल

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ कार्तिक २२ गते २१:०२
Shares
दीपावलीमा विपन्नका घर उज्यालो बनाउँदै पौडेल

रौतहट : दीपावलीको अवसरमा रौतहटको गौर नगरपालिका–८ स्थित ऐतिहासिक पुरेनवा दरबार क्षेत्रमा २१ विपन्न परिवारका घरमा नयाँ एलईडी बत्ती जडान गरिएको छ।

सामाजिक अभियन्ता सन्तोष पौडेलले सञ्चालन गरेको उज्यालो अभियानअन्तर्गत ती परिवारका घरमा रहेका पुराना तथा कम क्षमताका पहेँला फिलामेन्ट बल्ब हटाएर १३ वाटका ७० वटा नयाँ सेता एलईडी बल्ब जडान गरिएको हो।

आर्थिक अभावका कारण घरमा पर्याप्त उज्यालोको व्यवस्था गर्न नसकेका विपन्न परिवारलाई लक्षित गरी अभियान सञ्चालन गरिएको पौडेलले बताए। उनका अनुसार दीपावलीको खुसी र उज्यालो सबैको घरसम्म पुर्‍याउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।

पौडेलले दीपावली आफ्नै घरमा मात्र उज्यालो पार्ने पर्व नभई अभावमा जीवन बिताइरहेका समुदायसँग पनि खुसी साट्ने अवसर भएको बताए। अरूको घरमा उज्यालो पुर्‍याउनु र उनीहरूको अनुहारमा मुस्कान ल्याउनु नै वास्तविक सामाजिक सेवा भएको उनको भनाइ छ।

अभियन्ता पौडेलको अभियानको स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणले प्रशंसा गरेका छन्। चाडपर्वमा हुने खर्च र तडकभडकभन्दा माथि उठेर विपन्न परिवारलाई सहयोग गर्ने यस्ता कार्यले समाजमा आपसी सद्भाव र मानवीय संवेदना बढाउने स्थानीयको भनाइ छ।

laxmi recruitement

सम्बन्धित खबर