२०८३ कार्तिक २३ गते सोमवार / Nov 09 , 2026 , Monday
२०८३ कार्तिक २३ गते सोमवार

ऐना फुटेपछि

Nada
गोविन्द गिरी प्रेरणा
२०८३ कार्तिक २३ गते १५:५०
Shares
ऐना फुटेपछि

ऐना फुट्यो
र भित्तावाट झर्यो
टुक्रा टुक्रा भएर ।

भित्ता छ
ऐनाको फ्रेम पनि छ सावुत
फगत ऐना छैन १

ऐना नभएपछि
मेरो अनुहार पनि हरायो
कतै देखिएन १

वटुल वाटुल पारें
फूटेको ऐनाका टुक्राहरू
र हेरें ऐनामा १

अहो मेरो अनुहार पनि
चकनाचुर भएछ
ऐनाका टुक्रहरूसॅंगै १

अव म नयाँ ऐनाको खोजिमा छु
ता कि म आफ्नो
सग्लो अनुहार फेरि पाउँ १
 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर