२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

सूर्यप्रसाद लाकोजूको 'एक झुल्को घाम'माथि चर्चा

Nada
२०८३ कार्तिक १८ गते १६:१६
Shares
सूर्यप्रसाद लाकोजूको 'एक झुल्को घाम'माथि चर्चा

काठमाडौं : कवि सूर्यप्रसाद लाकोजूले नवीन कविता कृति एक झुल्को घाममाथि एक समारोह बीच हालै परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । 

देवाः पत्रकार राष्ट्रिय दबूः काभ्रे शाखाको आयोजनामा सम्पन्न सो परिचर्चा कार्यक्रममा देवा पत्रकार राष्ट्रिय दवूका केन्द्रिय सचिव राजु नापितले आउँदै गरेको तिहारको शुभकामना दिँदै नेपाली साहित्यमा सूर्य लाकोजुजस्ता जनजातिको प्रतिनिधित्व गर्ने साहित्यकारहरुको उल्लेखनीय भूमिका रहेको बताए ।

कवि लाकोजूले कविता सदैव सकारात्मक सन्देश बोकेको हुनुपर्ने विचार व्यक्त गरे । कविताले सदैव सद्भाव, समभाव र सहभावको चेतना छर्नुपर्ने उनको भनाइ छ ।

साहित्यकार तथा पत्रकार हरिसुन्दर छुकांले पुस्तकमाथि आफ्नो समालोचकीय टिप्पणी प्रस्तुत गरे । उनले कविताहरू घामजस्तै उज्याला र बलिया रहेको विचार पोखे । कृतिमा समेटिएका कविताका विषयवस्तु, भाव, शैली, सामाजिक चेतना तथा कविको काव्यचेतनाका विविध पक्षबारे उनले व्यापक चर्चा गरे ।

समारोहमा साहित्यकार कृष्णकुमार बैद्य, नवराज दाहल उत्साहि, विजयराम कर्माचार्य, सिद्धिबहादुर कर्माचार्य, पत्रकार इन्द्रबहादुर थापा, सनम सुवाल, विपशना शाक्य, अन्जली तामाङ, हर्षनारायण कमाृचार्य, टीकाभक्त भोछिभोया, दीलिप श्रेष्ठ, विश्वराम मानन्धर, अर्चना कर्माचार्यलगायतले शुभकामना दिएका थिए । कार्यक्रम देवाः पत्रकार राष्ट्रिय दबूः काभ्रे शाखाका सभापति शम्भुलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । 

तीन दर्जनभन्दा बढी कृतिका सर्जक लाकोजूले नेपाली साहित्यका कविता, मुक्तक, गीत, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान, अनुवाद, कथा जस्ता विधामा कलम चलाउँदै आएका छन् । यस कृतिसँगै उनी सात वटा कवितासंग्रहका सर्जक भएका छन् । घामकविको रुपमा प्रख्यात कवि लाकोजू लामो समयदेखि साहित्यिक पत्रकारितामा समेत क्रियाशील रहँदै आएका छन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर