२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

समसामयिक विषयमा छलफल गर्न कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दै

Nada
२०८३ कार्तिक १८ गते १५:०७
Shares
समसामयिक विषयमा छलफल गर्न कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसले पछिल्लो राजनीतिक तथा समसामयिक घटनाक्रमबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार बैठक केहीबेरमै बस्ने तयारी गरिएको छ । बैठकमा पछिल्लो समय विकसित भएका राजनीतिक घटनाक्रम र अन्य समसामयिक विषयमा छलफल हुने उनले जानकारी दिएका छन् ।

बैठकमा पार्टी सभापति, वरिष्ठ उपसभापति, उपसभापतिहरू, महामन्त्रीहरूका साथै प्रतिनिधिसभामा विपक्षी दलका नेतासमेत सहभागी हुने बताइएको छ ।

पार्टीका शीर्ष नेताहरूको सहभागितामा हुन लागेको यस बैठकलाई पछिल्लो राजनीतिक परिस्थितिबारे साझा धारणा बनाउनका लागि महत्वपूर्ण मानिएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर