२०८३ कार्तिक १६ गते सोमवार / Nov 02 , 2026 , Monday
२०८३ कार्तिक १६ गते सोमवार

संघीय संसद्को अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग

Nada
२०८३ कार्तिक १६ गते १२:००
Shares
संघीय संसद्को अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग माग गरेको छ ।

सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक शीघ्र बोलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकपछि प्रमुख सचेतक बासना थापाले उक्त निर्णयबारे जानकारी दिएकी हुन् ।

बैठकले अदालतमा बिचौलियासँगको मिलेमतोमा मुद्दाको फैसला प्रभावित पार्न सेटिङ गरिएको भनिएको प्रकरणको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्नसमेत माग गरेको छ ।

उक्त प्रकरणमा न्यायालय, सरकार प्रमुख तथा प्रहरीसमेतको नाम जोडिएकाले सरकारी निकायबाट हुने छानबिन निष्पक्ष र विश्वसनीय हुनेमा आशंका रहेको थापाले बताइन् । त्यसैले घटनाको सत्यतथ्य सार्वजनिक गर्न संसद्बाटै उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको धारणा रहेको उनले स्पष्ट पारिन् ।

यसैबीच, बैठकमा प्रेस स्वतन्त्रताको संरक्षण तथा न्यायालय र संवैधानिक निकायहरूको स्वतन्त्रता एवं स्वायत्तता अक्षुण्ण राख्ने विषयमा समेत छलफल भएको प्रमुख सचेतक थापाले जानकारी दिइन् ।

ताजा खबर

सम्बन्धित खबर