२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

अभिला युनिभर्सिटीको छात्रवृत्ति योजना सार्वजनिक

मध्यान्ह
२०८२ जेठ ४ गते १४:४९
अभिला युनिभर्सिटीको छात्रवृत्ति योजना सार्वजनिक

काठमाडौं : अमेरिकाको अभिला युनिभर्सिटी एरिजोनाले नेपाली विद्यार्थीहरूका लागि वार्षिक ५ हजार अमेरिकी डलरसम्मको छात्रवृत्ति योजना सार्वजनिक गरेको छ । यो घोषणा काठमाडौंको होटल याक एण्ड यतीमा सम्पन्न "पार्टनर्स मिट एन्ड ग्रिट" कार्यक्रममा गरिएको हो ।

युनिभर्सिटीले काठमाडौंमा शिक्षा क्षेत्रका विभिन्न प्रतिनिधि, कन्सल्ट्यान्ट र साझेदारबीच उक्त कार्यक्रम गर्दै छात्रवृत्ति योजनाबारे जानकारी दिएको हो । कार्यक्रममा जियुएस नोर्थ अमेरिकाकी चिफ अफ पार्टनरसिप्स तथा अभिला युनिभर्सिटी एरिजोनाकी हेड अफ स्टुडेन्ट रिक्रुटमेन्ट डायना मोक्कुटे तथा अभिला युनिभर्सिटी एरिजोनाका रेजिनल डाइरेन्टर-एसिया सागर गिरिधरको उपस्थिति थियो ।

डायना मोक्कुटेले कार्यक्रममा सहभागी कन्सल्ट्यान्टहरूलाई विश्वविद्यालयको दीर्घकालीन भिजन, दक्षिण एसियाली विद्यार्थीहरूप्रति प्रतिबद्धता र अन्तर्राष्ट्रिय साझेदारी विस्तारका रणनीतिबारे जानकारी दिइन् । उनले अभिला युनिभर्सिटी एरिजोनालाई नेपाललगायतका मुलुकहरूसँग सशक्त शैक्षिक साझेदारिता विस्तार गर्न इच्छुक रहेको उल्लेख गरिन् ।

सागर गिरिधरले दक्षिण एसियाली विद्यार्थीहरूका लागि विश्वविद्यालयले प्रस्तुत गरिरहेका शैक्षिक अवसरहरू, समावेशी वातावरण, र छात्रवृत्ति योजनाका बारेमा विस्तृत जानकारी दिए । उनले भने, “नेपालका विद्यार्थीहरूका लागि यो विश्वविद्यालय सस्तो शिक्षण शुल्क, आधुनिक शिक्षण पद्धति र सुरक्षित वातावरणसहित उत्कृष्ट गन्तव्य बन्न सक्छ ।”

सोही अवसरमा अभिला युनिभर्सिटी एरिजोनाले नेपाली विद्यार्थीका लागि सीमित सिटमा उपलब्ध हुने ४५ हजारसम्मको वार्षिक छात्रवृत्ति योजना सार्वजनिक गरेको थियो । छात्रवृत्ति शैक्षिक उपलब्धि, नेतृत्व क्षमता र समर्पणका आधारमा प्रदान गरिने बताइएको छ ।

अमेरिकी राज्य एरिजोनाको सुन्दर वातावरणमा रहेको अभिला युनिभर्सिटी एरिजोनामा अत्याधुनिक शिक्षण भवनहरू, प्रविधिसम्पन्न प्रयोगशालाहरू र सुरक्षित आवासीय तथा शिक्षण संरचना उपलब्ध छन् । युनिभर्सिटीले शैक्षिक उत्कृष्टता, सांस्कृतिक विविधता, र पेशागत विकासमा विशेष जोड दिन्छ ।

कार्यक्रममा सहभागी परामर्शदाता तथा साझेदार संस्थाहरूले यस प्रकारका कार्यक्रममा शैक्षिक समन्वय, विश्वास र सम्बन्ध सुदृढीकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

ADV

सम्बन्धित खबर