२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

नेपाली हजयात्रीहरूको पहिलो टोली जेद्दा आइपुग्यो

नेपाली महावाणिज्यदूतावासद्वारा भव्य स्वागत

Nada
२०८३ वैशाख २९ गते १९:४७
Shares
नेपाली हजयात्रीहरूको पहिलो टोली जेद्दा आइपुग्यो

जेद्दा, साउदी अरब : सन् २०२६ को हज सिजनअन्तर्गत नेपालबाट आउने हजयात्रीहरूको पहिलो टोली शनिबार अपराह्न ३:४५ बजे जेद्दास्थित किङ अब्दुलअजिज अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । पहिलो चरणमा आएका ८१ जना नेपाली हजयात्रीहरुलाई नेपाली महावाणिज्यदूतावास, जेद्दाका पदाधिकारी तथा कर्मचारीहरूले विमानस्थलमै स्वागत गरेका हुन् ।

ncell

स्वागत कार्यक्रममा साउदी अरबको हज तथा उमराह मन्त्रालयका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो । हजयात्रीहरूको पहिलो टोली नेपाल हज समितिका अध्यक्ष मोख्तार अहमदको नेतृत्वमा साउदी अरब आइपुगेको जनाइएको छ ।

यस वर्ष साउदी अरब सरकारले नेपाललाई प्रदान गरेको १ हजार २०० जनाको हज कोटाअनुसार ११ जना पदाधिकारीसहित कुल १ हजार २११ जना नेपाली हजयात्रीहरूले पवित्र हज यात्रा गर्ने कार्यक्रम रहेको छ । हजयात्रीहरूको यात्रा व्यवस्थापन, आवश्यक समन्वय तथा सहजीकरणको कार्य नेपाल हज समितिको नेतृत्वमा नेपाली महावाणिज्यदूतावास, जेद्दाले गर्दै आएको बताइएको छ ।

नेपाली महावाणिज्यदूतावासले हजयात्रीहरूको सुरक्षित, सहज तथा व्यवस्थित हज यात्राका लागि आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराइने जनाएको छ।

सम्बन्धित खबर