२०८३ असोज ३० गते शुक्रवार / Oct 16 , 2026 , Friday
२०८३ असोज ३० गते शुक्रवार

दसैंका अवसरमा मलेसियास्थित नेपाली दूतावास तीन दिन बन्द हुने

Nada
तिलोचन गौतम
२०८३ असोज ३० गते १८:४३
Shares
दसैंका अवसरमा मलेसियास्थित नेपाली दूतावास तीन दिन बन्द हुने

क्वालालम्पुर, मलेसिया : नेपालीहरूको महान् चाड बडादसैंका अवसरमा मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावास तीन दिन बन्द रहने भएको छ ।

ncell

नेपाली दूतावास क्वालालम्पुरले शुक्रबार जारी गरेको सार्वजनिक बिदासम्बन्धी सूचनाअनुसार अक्टोबर २० देखि अक्टोबर २२ सम्म दूतावासका नियमित सेवा बन्द रहनेछन् ।

दूतावासले मलेसिया, इन्डोनेसिया, फिलिपिन्स गणराज्य तथा पूर्वी टिमोरमा बसोबास गर्ने सम्पूर्ण नेपाली नागरिकलाई बडादसैंको शुभकामना व्यक्त गर्दै बिदाबारे जानकारी गराएको हो ।

सूचनामा दूतावासका नियमित सेवा अक्टोबर २३, शुक्रबारदेखि पुनः सञ्चालन हुने उल्लेख छ । त्यसैले राहदानी, कागजात प्रमाणीकरणलगायत दूतावासबाट उपलब्ध हुने सेवा लिनुपर्ने नेपाली नागरिकलाई बिदाको समयलाई ध्यानमा राखेर आवश्यक कामको योजना बनाउन अनुरोध गरिएको छ ।

दूतावासले बिदाको अवधिमा आकस्मिक सहयोग आवश्यक परेमा हटलाइन नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

दसैंको अवसरमा नेपालबाट टाढा रहेर मलेसियालगायत विभिन्न देशमा काम तथा बसोबास गरिरहेका नेपालीहरूलाई दूतावासले सुख, शान्ति र समृद्धिको शुभकामना दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर