
कतार : भट्टराई कुलवंश प्रतिष्ठान प्रवास सम्पर्क समिति कतारको प्रथम अधिवेशनले जीवन भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कतारको ग्राण्ड मलस्थित सिलौटो रेस्टुरेन्टमा सम्पन्न प्रथम अधिवेशनको बन्द सत्रले नयाँ नेतृत्व चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दीप भट्टराई, महिला उपाध्यक्षमा हिमा भट्टराई, सचिवमा विकास भट्टराई, महिला सहसचिवमा बबिता भट्टराई, सहसचिवमा सूर्य भट्टराई, कोषाध्यक्षमा पुरुषोत्तम भट्टराई, सह कोषाध्यक्षमा कमला भट्टराई र प्रवक्तामा बलिन्द्र भट्टराई चयन भएका छन् भने सदस्यहरूमा मोहन भट्टराई, युगान्त भट्टराई, राज भट्टराई, सुनिता भट्टराई, शुष्मा भट्टराई, प्रविणा भट्टराई, सुरेश भट्टराई, माया भट्टराई, शान्तिलाल भट्टराई, बुनूँ भट्टराई, रामु भट्टराई, शोभा भट्टराई,सुनिता भट्टराई र पवित्रा भट्टराई रहेका छन् । यस्तै लेखा समितिको संयोजकमा अनमोल भट्टराई तथा सदस्यमा नम्रता भट्टराई र केशव भट्टराई चयन भएका छन् । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समितिका संयोजक प्रेमप्रसाद भट्टराईले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
समितिका अध्यक्ष नवीन केसी भट्टराईको अध्यक्षता तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारका कार्यवाहक अध्यक्ष रविन मगरको प्रमुख आतिथ्यमा अधिवेशनको खुला सत्र सम्पन्न भएको थियो । कार्यक्रममा कतारमा स्थापित विभिन्न नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।
प्रमुख अतिथि मगरले कुलवंश, संस्कार र संस्कृतिको संरक्षण गर्दै समुदायलाई एकताबद्ध बनाउने प्रतिष्ठानको प्रयासको प्रशंसा गर्दै यसको निरन्तरता र सामाजिक योगदानका लागि शुभकामना व्यक्त गरे । दिल भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई सञ्चारकर्मी नम्रता भट्टराईले सहजीकरण गरेकी थिइन् ।