२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

तामाङ घेदुङ मलेसियाको अध्यक्षमा सविन लोप्चन निर्वाचित

Nada
तिलोचन गौतम
२०८३ असोज १८ गते २०:०२
Shares
तामाङ घेदुङ मलेसियाको अध्यक्षमा सविन लोप्चन निर्वाचित

क्वालालम्पुर : नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको पाँचौं अधिवेशन तथा २१औं वार्षिकोत्सव सम्पन्न भएको छ । अधिवेशनले सविनकुमार लोप्चन तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

ncell

क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा आइतबार सम्पन्न अधिवेशनमा अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष छेवाङ पाख्रीन र सविन कुमार लोप्चनबीच प्रतिस्पर्धा भएको थियो । आन्तरिक रूपमा अध्यक्ष पदलाई लिएर केही समय विवादसमेत देखिए पनि अन्ततः लोकतान्त्रिक प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको हो ।

अधिवेशन तथा वार्षिकोत्सवमा नेपाली दूतावास, क्वालालम्पुरबाट द्वितीय सचिव कुसुम पन्त प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् । उनले तामाङ घेदुङ मलेसियाले समुदायका लागि गर्दै आएका सामाजिक तथा लोककल्याणकारी गतिविधिको प्रशंसा गर्दै संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउन सुझाव दिइन् ।

कार्यक्रमका विशिष्ट अतिथि गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष इन्द्र नारायण लिम्बूले समुदाय तथा संघसंस्थाबीच सहकार्य र एकतालाई प्राथमिकता दिनुपर्ने बताए । उनले सामाजिक तथा लोककल्याणकारी काममा एक–अर्कालाई सहयोग गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

त्यसैगरी कार्यक्रममा एनआरएनए मलेसियाका वरिष्ठ उपाध्यक्ष दिल केरुङ लिम्बू, सामाजिक अभियन्ता सुन्दर आलेलगायतले शुभकामना तथा धारणा व्यक्त गरेका थिए ।

अधिवेशनमा सांगीतिक प्रस्तुतिका लागि नेपालबाट मलेसिया आएका गायक प्रकाश तितुङ तामाङले विशेष प्रस्तुति दिएका थिए । कार्यक्रममा मलेसियामा रहेका तामाङ समुदायका साथै विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिले तामाङ समुदायबीचको एकता, संस्थागत सुदृढीकरण, सामाजिक सेवा तथा लोककल्याणकारी गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

यस्तो छ नयाँ कार्यसमिति

अध्यक्ष : सविन कुमार लोप्चन तामाङ
वरिष्ठ उपाध्यक्ष : नवराज रुम्बा तामाङ
प्रथम उपाध्यक्ष : सम्झना मोक्तान तामाङ
उपाध्यक्ष : सन्त गोले तामाङ
उपाध्यक्ष : सुशान्त वाइबा तामाङ
महिला उपाध्यक्ष : मुना ल्हो तामाङ
महासचिव : सञ्जीव श्याङ्बो तामाङ
सचिव : पेमा श्याङ्तान तामाङ
महिला सचिव : सम्झना योञ्जन तामाङ
कोषाध्यक्ष : छविलाल बोम्जन तामाङ
सह–कोषाध्यक्ष : आइते तामाङ

सदस्यहरू : सुन्तली माया तामाङ, सविता तामाङ, मोती माया तामाङ, सन्ता तामाङ थोकर, जतन् कुमार लोप्चन, विशाल तामाङ, अस्मिता थोकर तामाङ, लाल लो तामाङ, मञ्जु कुमारी ब्लोन, लाल बहादुर तामाङ र सुजित तामाङ ।

सम्बन्धित खबर