२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

प्रवासी नेपाली मञ्च कतारले बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने

Nada
तिलु शर्मा पौडेल
२०८३ असोज १९ गते १९:५५
Shares
प्रवासी नेपाली मञ्च कतारले बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने

दोहा, कतार : नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च, कतारको आयोजनामा आगामी शुक्रवार बृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । ‘रक्तदान, जीवनदान’ भन्ने मूल नाराका साथ हमाद अस्पतालको रक्तदान केन्द्रमा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रम नेपाली रक्तदाता संघ, कतारको समन्वयमा आयोजना हुन लागेको हो ।

ncell

कार्यक्रमलाई प्रभावकारी रूपमा सम्पन्न गर्न कतारमा रहेका विभिन्न सामाजिक संघसंस्था तथा सञ्चारमाध्यमले समेत सहकार्य गरेका छन् । मञ्चका अध्यक्ष अफसर अलि खानले कतारमा कार्यरत सम्पूर्ण नेपालीलाई रक्तदानजस्तो मानवीय सेवाको कार्यमा सक्रिय सहभागिता जनाउन अपिल गरेका छन् । रक्तदानले आवश्यक परेका बिरामीको जीवन बचाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने भएकाले यसलाई मानवीय सेवाको महत्त्वपूर्ण कार्यका रूपमा लिइने उनले बताए ।

नियमित रक्तदानले शरीरमा अतिरिक्त फलामको मात्रा सन्तुलनमा राख्न तथा मुटुसम्बन्धी स्वास्थ्य जोखिम घटाउन सहयोग पुग्ने चिकित्सकीय मान्यता छ । रक्तदानपछि शरीरले नयाँ रक्तकोषिका निर्माण गर्ने भएकाले स्वास्थ्य परीक्षणसँगै रक्तदाताले अरूको जीवन बचाउन योगदान दिएको आत्मसन्तुष्टि  प्राप्त गर्ने सचिव रघुनाथ शर्माले बताए l 

सामाजिक उत्तरदायित्व बहन गर्दै आयोजना गर्न लागिएको कार्यक्रममा कतारमा रहेका धेरैभन्दा धेरै नेपालीको सहभागिता रहने विश्वास आयोजकले व्यक्त गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर