२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

टोकियोमा मोना फेस्टिभल सम्पन्न

Nada
पूर्ण चलाउने
२०८२ चैत ३० गते १५:४५
Shares
टोकियोमा मोना फेस्टिभल सम्पन्न

टोकियो : जापानको टोकियोमा दुईदिने ‘मोना फेस्टिभल’ सम्पन्न भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा भएको फेस्टिभल इताबासीस्थित आचुका पार्कमा शनिबार र आइतबार आयोजना गरिएको हो ।

ncell

फेस्टिभलमा नेपाली खानाका विविध परिकार, नेपालको पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन, नेपाली गीत–संगीत तथा विभिन्न जातजाति र समुदायका मौलिक वेशभूषा र सांस्कृतिक प्रस्तुति समेटिएका थिए । विविध सांगीतिक र सांस्कृतिक कार्यक्रमहरूले नेपालीपनको झल्को दिलाउँदै उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

No description available.

नेपालबाट आमन्त्रित कलाकार रवि कार्कीको विशेष सांगीतिक प्रस्तुति फेस्टिभलको प्रमुख आकर्षण बनेको थियो । साथै, दर्जनौं जापानी कलाकारहरूले आफ्ना मौलिक सांगीतिक प्रस्तुति प्रस्तुत गर्दै जापानी कला र संस्कृतिको झलक पनि दिएका थिए । जापानकै पुरानो सांगीतिक ब्याण्ड ‘चौतारी’को प्रस्तुति पनि दर्शकबीच लोकप्रिय रह्यो ।

धौलागिरी भजन समूहको नृत्यसहितको लाइभ भजनले फेस्टिभलमा धार्मिक तथा सांस्कृतिक माहोल थपेको थियो । त्यस्तै, तमु धीं जापान, गुरुङ समाज जापान, पुन क्लब जापान र तामाङ समाज जापानका कलाकारहरूको मौलिक प्रस्तुतीले नेपाली मेलामहोत्सवको अनुभूति गराएको थियो ।

No description available.

फेस्टिभलमा आयोजक संस्था मोना जापानका कलाकारहरूका साथै एभरेष्ट इन्टरनेशनल स्कुल, हिमालयन इन्टरनेशनल एकेडेमी र एशियन ब्रिज इन्टरनेशनल स्कुलका विद्यार्थीहरूको प्रस्तुति पनि समावेश गरिएको थियो । यसले जापानमा हुर्किरहेका बालबालिकालाई नेपाली भाषा, कला र संस्कृतिसँग जोड्न प्रेरणा दिएको आयोजकले जनाएको छ । दोस्रो दिन ४ वर्षीय इभा पौडेलले प्रस्तुत गरेको राष्ट्रप्रेम गीत ‘आँखैमा राख्छु मेरो देश, मुटुमा राख्छु मेरो देश’मा आधारित नृत्यले दर्शकदीर्घामा देशभक्तिको भावना झल्काएको थियो ।

फेस्टिभलमा युको ओकामोतो, ऋतु थापा मगर, नरेश महर्जन, गायक सूर्य खड्का, समिना खड्का लोहनी लगायतका कलाकार तथा घुम्टे नौमती पञ्चे बाजा र देउराली पञ्चे बाजा समूहको प्रस्तुति पनि रहेको थियो ।

No description available.

कार्यक्रमको उद्घाटन जापानका लागि कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले गरेका थिए । इताबासी नगरपालिकासहित जापानस्थित विभिन्न संघ–संस्थाहरूको सहकार्यमा फेस्टिभल आयोजना गरिएको हो ।

मोना जापानका अध्यक्ष गणेश श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा मोना आइसीसी अध्यक्ष मिम पुर्जा, एनआरएनए आइसीसी उपाध्यक्ष ददिवल खड्का, युवा संयोजक नविन निउरे, एनआरएनए जापान अध्यक्ष सुभाष लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । महासचिव सुरेश पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष टिका छन्त्यालले स्वागत मन्तव्य राखेका थिए ।

जी एण्ड के कम्पनीका प्रबन्ध निर्देशक तथा एनआरएनए आइसिसी उपाध्यक्ष ददिवल खड्काको प्रमुख प्रायोजन र येहे रेमिट्यान्सको सहकार्यमा सम्पन्न फेस्टिभलको समापन संयोजक ज्ञानेन्द्र केसीले धन्यवाद ज्ञापनसहित गरेका थिए ।

No description available.

No description available.

No description available.

सम्बन्धित खबर