२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

तीनकुने क्षेत्रमा कर्फ्यू

Nada
२०८१ चैत १५ गते १६:२८
Shares
तीनकुने क्षेत्रमा कर्फ्यू

काठमाडौं : काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ । राजावादी प्रदर्शनकारी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि सम्भावित दुर्घटनालाई टार्न काठमाडौँ प्रशासनले कर्फ्यू आदेश गरेको हो। 

ncell

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यू आदेश जारी गरेको हो ।

राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यू आदेश गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।

शान्तिनगर पुलदेखि जडीबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यू आदेश गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । 

प्रहरीले तीनकुने क्षेत्रबाट राजावादीको प्रदर्शनकारीलाई तितरबितर पारेको छ । प्रदर्शनले उग्ररूप लिएपछि प्रहरीले अश्रुग्यास, हवाई फायर प्रहार गरेर प्रदर्शनकारीहरूलाई तितरबितर पारेको थियो ।

अहिले राजावादीको प्रदर्शनसभा स्थल तीनकुने क्षेत्र खाली गराइएको छ । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले स्टेजमै अश्रुग्यास प्रहार गरेको थियो । त्यसअघि, राजावादीहरूले निजी घरमा समेत ढुंगामुढा प्रहार गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर