२०८२ कार्तिक १३ गते बिहिवार / Oct 30 , 2025 , Thursday
२०८२ कार्तिक १३ गते बिहिवार
Ads

टाउकेहरु आफूलाई छोटे राजा जस्तो देखाउन खोज्छन् : अध्यक्ष भट्टराई

shivam cement
२०८१ चैत ६ गते १७:३४
टाउकेहरु आफूलाई छोटे राजा जस्तो देखाउन खोज्छन् : अध्यक्ष भट्टराई

काठमाडौंः नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारमा रहेसम्म सबै ठिक छ भनेर गफ दिने र सरकारबाट गएको भोली पल्टदेखि खत्तम भयो भन्दै हिड्ने प्रवृत्ति बढेको बताएका छन् । 

बुधबार माइतीघरमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मागका लागि आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलले आफूहरुलाई छोटे राजा जस्तो देखाउन खोजेको आरोप लगाए । 

उनले भने, ‘अर्का खाले वैद्यको रुपमा तीनवटा टाउको अहिले देखिएका छन् ।  तिनीहरुले आफूलाई छोटे राजा जस्तो पनि देखाउँछन् । संविधान जारी भएको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएका छ । तीनै तीनवटा टाउकोले पालैपालो सरकार चलाइरहेका छन् । अहिले सरकारमा रहेसम्म सबै ठिक ठाक छ । समृद्धि आएको छ, भनेर गफ दिन्छन् अनि सरकारबाट गएको भोलीपल्टदेखि खत्तम भयो बर्वाद भयो भनेर हिड्छन् ।’ 

साथै, उनले जनताले फ्याँकिसकेको राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको भन्दै राजावादीहरुको प्रदर्शनलाई कुनै महत्व दिन आवश्यक नभएको पनि बताए । ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर