२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

बुद्धभूमि कपिलवस्तु सेवा समाज कतारको चौथो अधिवेशन शुक्रबार हुने

Nada
२०८३ असोज ७ गते १४:५२
Shares
बुद्धभूमि कपिलवस्तु सेवा समाज कतारको चौथो अधिवेशन शुक्रबार हुने

दोहा, कतार : बुद्धभूमि कपिलवस्तु सेवा समाज कतारको बहु प्रतीक्षित चौथो अधिवेशन आगामी २५ सेप्टेम्बर २०२६ मा दोहास्थित लालीगुराँस रेस्टुरेन्टमा आयोजना हुने भएको छ । करिब ४२ महिनाको लामो समयपछि आयोजना हुन लागेको यस अधिवेशनको तयारी तीव्र पारिएको समाजले जनाएको छ ।

ncell

मध्याह्न १२:३० बजेबाट सुरु हुने उक्त कार्यक्रममा सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू मुख्य आकर्षणका रूपमा रहनेछन् । कार्यक्रममा लुम्बिनी प्रदेशका स्थापित कलाकारहरूका साथै कतारमा रहेका तथा स्थानीय प्रतिभाहरूले आफ्ना उत्कृष्ट सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू दिने कार्यक्रम तय भएको छ ।  

अधिवेशनका लागि कतारमा स्थापित विभिन्न वैचारिक, सामाजिक तथा जातीय संघ-संस्थाहरूलाई औपचारिक निमन्त्रणा पठाइसकिएको समाजले जनाएको छ । कुनै कारणवश निमन्त्रणा पत्र प्राप्त नभएको भए पनि समाचारलाई नै आधिकारिक निमन्त्रणा मानेर कतारमा रहेका सम्पूर्ण कपिलवस्तुवासी तथा दाजुभाइ, दिदीबहिनीहरूलाई गरिमामय उपस्थितिका लागि समाजका अध्यक्ष झबिन्द्र बेल्वासे (विवश) लगायतका पदाधिकारीहरूले अनुरोध गरेका छन् ।  

सन २०१५ (वि.सं. २०७२) मा स्थापना भएको बुद्धभूमि कपिलवस्तु सेवा समाज कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा दुःख, कष्ट र अप्ठ्यारोमा परेका नेपाली श्रमिकहरूको उद्धार तथा राहतमा निरन्तर सहयोग गर्दै आएको छ । यसका साथै, गृह जिल्ला कपिलवस्तुमा आइपर्ने दैवी प्रकोप, विपत्ति, गरिबी, स्वास्थ्य उपचारबाट वञ्चित नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक एवं भौतिक सहयोग पुर्‍याउँदै आएको छ । समाजले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत क्षेत्रहरूमा समेत सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न परोपकारी कार्यहरू सञ्चालन गर्दै आएको छ ।

ताजा खबर

सम्बन्धित खबर