२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

किरात राई यायोक्खा मलेसियामा नयाँ कार्यसमिति

Nada
तिलोचन गौतम
२०८३ असोज ४ गते २०:४९
Shares
किरात राई यायोक्खा मलेसियामा नयाँ कार्यसमिति

मलेसिया : किरात राई यायोक्खा विदेश संगठन, मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । अधिवेशनले छबिधान राईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

ncell

अधिवेशनमा प्रमुख अतिथिका रूपमा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष पदमराज लिम्बू, विशेष अतिथिका रूपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष इन्द्र लिम्बू तथा अतिथिका रूपमा किरात याक्थुङ चुम्लुङ मलेसियाका अध्यक्ष दिल केरुङ लिम्बू, बिजनेस सोसाइटी तथा युवा व्यवसायी एवं नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका संस्थापक अध्यक्ष सुन्दर आलेलगायत विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि, राजनीतिक दलका विदेश संगठनका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

अधिवेशन सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति समेत आयोजकले कृतज्ञता व्यक्त गरेको छ । 

कार्यक्रममा नेपालमा गत भदौ १० गते आएको प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भई देश शोकमा डुबिरहेको अवस्थामा अधिवेशनलाई शोकलाई शक्तिमा बदल्ने अवसरका रूपमा लिइएको आयोजकले जनाएको छ ।

बाढीपहिरोमा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको थियो । साथै, घाइते तथा प्रभावित सबैमा शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो ।

बाढीपहिरो तथा प्राकृतिक विपत्तिसम्बन्धी ६ मिनेट १३ सेकेन्डको भिडियो प्रोजेक्टरमार्फत प्रदर्शन गरिएको थियो । त्यसपछि दीप प्रज्वलन गरी दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरिएको थियो ।  प्रभावितका लागि राहत संकलन गर्न कार्यक्रमस्थलमा दानपेटिका समेत राखिएको थियो ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ मलेसियाका अध्यक्ष दिल केरुङ लिम्बूले शुभकामना मन्तव्य राख्दै विभिन्न विषयमा धारणा प्रस्तुत गरेका थिए ।

अधिवेशनबाट छबिधान राईको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा सञ्जिव राई, उपाध्यक्षमा भीम कुमार राई, भरण शेर राई र आसन खालिङ राई, महिला उपाध्यक्षमा प्रेमा छिलिङ राई र समिता राई (सञ्जु), महासचिवमा यज्ञ कुमार राई, सचिवमा सन्तोष राई, कोषाध्यक्षमा देविका राई (विनु), सह–कोषाध्यक्षमा भीमराज राई, प्रवक्तामा शुभ साम्पाङ राई र तुलसा राई तथा युवा संयोजकमा अंगराज राई निर्वाचित भएका छन् । 

त्यस्तै, सदस्यहरूमा दिवश राई, जसमान राई, नवल शेर राई, समिता सुनुवार राई, उमा राई, अञ्जना राई, अनिल राई र सविन राई रहेका छन् । संरक्षकमा रमेश साम्पाङ राई र मञ्जिला वायुङ वान्तावा राई तथा वरिष्ठ सल्लाहकारमा विपिन कुमार राई चयन भएका छन् । सल्लाहकारमा युवराज साम्पाङ राई, रमेश चाम्लिङ राई, ऐच्छिक राई र ज्ञाविन चाम्लिङ राई चयन भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर