२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

अधिवेशनलाई सम्बोधन गर्न एमाले युवा नेता सुहाङ नेम्वाङ कतारमा

Nada
तिलु शर्मा पौडेल
२०८३ साउन २० गते २१:३३
Shares
अधिवेशनलाई सम्बोधन गर्न एमाले युवा नेता सुहाङ नेम्वाङ कतारमा

दोहा, कतार : नेकपा एमालेका युवा नेता तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौं राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्न बुधवार साँझ कतार आइपुगेका छन् ।

ncell

आगामी शुक्रवार दोहामा आयोजना हुने मञ्चको आठौं राष्ट्रिय अधिवेशनका प्रमुख अतिथिका रूपमा सहभागी हुन आएका नेम्वाङलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा मञ्च कतारका अध्यक्ष चूडामणि कार्की, एमाले अन्तर्राष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेललगायत मञ्चका केन्द्रीय समितिका विभिन्न तहका पदाधिकारी, कार्यसमिति सदस्य तथा शुभेच्छुकहरूले स्वागत गरेका थिए ।

कतार आगमनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेम्वाङले पहिलो पटक कतार आएको उल्लेख गरे । नेम्वाङले विशेष गरी एमालेप्रति आस्था राख्ने शुभेच्छुक तथा कतारमा रहेका सम्पूर्ण नेपाली समुदायलाई आगामी शुक्रवार हुने मञ्च कतारको आठौं राष्ट्रिय अधिवेशनमा सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गरेका छन्। 

नेम्वाङको प्रमुख आतिथ्यमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनको आगामी कार्यदिशा तय गर्नेछ। कतार बसाइका क्रममा नेम्वाङले नेपाली समुदाय, सामाजिक संस्थाका प्रतिनिधि, व्यवसायी तथा श्रमिकसँग भेटघाट र अन्तरक्रिया गर्ने  अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर