२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

कतारमा गुन्जँदै 'केहार एन्ड द लुङडा', अगस्ट ७ मा विशेष सांगीतिक धमाका हुने

Nada
तिलु शर्मा पौडेल
२०८३ साउन २० गते १८:२८
Shares
कतारमा गुन्जँदै 'केहार एन्ड द लुङडा', अगस्ट ७ मा विशेष सांगीतिक धमाका हुने

दोहा, कतार : कतारमा रहेका संगीतप्रेमी नेपालीहरूका लागि एउटा सांगीतिक सौगात आउने भएको छ । चर्चित नेपाली ब्यान्ड 'केहार एन्ड द लुङडा'ले आगामी शुक्रबार साँझ कतारको दोहास्थित 'प्लानेट लाउन्ज एन्ड क्लब' मा भव्य सांगीतिक प्रस्तुति दिने भएको छ ।

ncell

'इफ्लिक्स इन्टरटेनमेन्ट'को आयोजनामा हुन लागेको यस कार्यक्रम दोहाको मुग्लिनामा रहेको भिआइपी होटेलमा आयोजना गरिँदै छ भने सांगीतिक माहोलमा आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकहरूलाई नचाउने तयारी ब्यान्डले गरिरहेको छ ।

आफ्नो मौलिक र बेग्लै सांगीतिक शैलीका कारण दर्शक तथा स्रोताको मन जित्न सफल यस ब्यान्डले 'माया पिरती', 'फूल जस्तै', 'तिमी र म' जस्ता मेलोडियस हिट गीतहरू पस्किँदै आएको छ । विशेषगरी युवापुस्तामाझ लोकप्रिय उनीहरूका सिर्जनाहरूले नेपाली सांगीतिक बजारमा बेग्लै पहिचान बनाएका छन् । कतारमा हुने यो प्रत्यक्ष प्रस्तुतिमा ब्यान्डले आफ्ना ती सर्वप्रिय चर्चित गीतहरूसँगै ऊर्जावान् प्रस्तुति पस्कने छ ।

दोहामा रहेका संगीतप्रेमीहरूलाई लक्षित गरी आयोजना गरिएको यस लाइभ कन्सर्टले यहाँ रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्ने आयोजकको विश्वास छ । कार्यक्रमसम्बन्धी थप जानकारी तथा सम्पर्कका लागि आयोजकले ७०८१७५०१, ७०८१७५०२ र ७०६६५६४४ नम्बरहरू उपलब्ध गराएको छ ।

कार्यक्रम संयोजक रोशन अर्यालका अनुसार साँझ ६ बजेदेखि प्रवेश खुला गरिनेछ भने मुख्य लाइभ कन्सर्ट राति ८ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने जानकारी दिए l कार्यक्रममा प्रवेश अलगै शुल्क लाग्ने भएको छ l

ताजा खबर

सम्बन्धित खबर