२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सोनाम ल्होछार सफल बनाउन सहयोग गर्ने व्यक्ति तथा संस्थालाई नेपाल तामाङ घेदुङ कतारको सम्मान

Nada
तिलु शर्मा पौडेल
२०८३ साउन १६ गते २१:०७
Shares
सोनाम ल्होछार सफल बनाउन सहयोग गर्ने व्यक्ति तथा संस्थालाई नेपाल तामाङ घेदुङ कतारको सम्मान

दोहा कतार : नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले मञ्जुश्री संवत् २८६२औं सोनाम ल्होसार विशेष कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने व्यक्ति, संस्था, प्रायोजक, कलाकार, सञ्चारकर्मी तथा सहयोगीहरूलाई सम्मान गर्दै विशेष सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार प्लाजा मलस्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा आयोजित कार्यक्रम घेदुङका अध्यक्ष फुर्बा ग्याबो तामाङको सभाध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

ncell

No description available.

कार्यक्रममा सोनाम ल्होछारलाइ सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने विभिन्न सहयोगीहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो । त्यसै गरी कार्यक्रमका मुख्य प्रायोजक भिक्टोरिया ज्वेलर्सलाई मायाको चिनोसहित विशेष सम्मान गरिएको थियो। ल्होछार र हिजोको कार्यक्रममा सांस्कृतिक प्रस्तुति दिने कतारस्थित कलाकारहरूलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरिनुका साथै कार्यक्रमको प्रचार–प्रसारमा योगदान पुर्‍याउने कतारमा कार्यरत करिब आधा दर्जन सञ्चारकर्मीलाई पनि सम्मान गरिएको थियो ।

No description available.

आर्थिक सहयोगी तथा ल्होछार कार्यक्रम सम्पन्न गर्न सहकार्य गर्ने संस्थाहरूलाई समेत सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठलाई पनि मायाको चिनोसहित सम्मान गरिएको कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक तथा जातीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

No description available.

कार्यक्रमलाई सम्बोधन गर्दै संघीय कार्यसमिति सदस्य एक्का प्रसाद लो तामाङ (योगेन्द्र)ले तामाङ समुदायको भाषा, धर्म, संस्कृति, संस्कार, पहिचान र अधिकार संरक्षणका लागि स्वदेश तथा प्रवासमा रहेका सम्पूर्ण तामाङ समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले विभिन्न राजनीतिक आन्दोलनमा तामाङ समुदायले पुर्‍याएको योगदान तथा शहीदहरूको इतिहासलाई राज्यले उचित सम्मान र पहिचान दिन नसकेको गुनासो व्यक्त गर्दै समुदायको मौलिक अस्तित्व र पहिचान जोगाउन संगठित प्रयास अपरिहार्य रहेको बताए । कार्यक्रम सफल बनाउन योगदान गर्ने आयोजक, स्वयंसेवक तथा सम्पूर्ण सहभागीप्रति उनले धन्यवादसमेत व्यक्त गरे ।

No description available.

प्रमुख अतिथि श्रेष्ठले प्रवासमा रहेर पनि भाषा, धर्म, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्धनमा नेपाल तामाङ घेदुङ र नेपाल तामाङ समाजले खेलेको भूमिकाको प्रशंसा गरे। नेपाली समुदायले आफ्नो संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष परिचित गराउने कार्यले नेपालको पर्यटन प्रवर्धन र राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले यस्ता गतिविधिलाई निरन्तरता दिन आग्रह गरे । श्रेष्ठले जातीय विविधताभन्दा माथि उठेर राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिँदै तामाङ समुदायभित्र अझ बलियो एकता, समन्वय र सहकार्य आवश्यक रहेको बताए । प्रवासमा रहेका नेपालीहरूको हकहित तथा भाषा, धर्म र संस्कृतिको संरक्षणका लागि जनजाति महासंघ सधैँ साथमा रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरे । 

No description available.

समापन मन्तव्यका क्रममा अध्यक्ष ग्याबोले नेपाल सरकारबाट आधिकारिक मान्यता प्राप्त संस्था घेदुङ भएको उल्लेख गर्दै विगतका विभिन्न परिस्थितिका कारण कतारमा दुई संस्था अस्तित्वमा रहे पनि भविष्यमा आपसी समझदारी, सहकार्य र एकतालाई प्राथमिकता दिइने विश्वास व्यक्त गरे । संस्थाबाट कुनै कमी–कमजोरी भएको भए क्षमा याचना गर्दै उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, विभिन्न संघ–संस्था, सञ्चारकर्मी, स्वयंसेवक तथा सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गर्दै कार्यक्रम औपचारिक रूपमा समापन भएको घोषणा गरेका थिए ।

No description available.

प्रथम उपाध्यक्ष बुद्धमान तामाङले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव राम पाख्रिन तामाङले गरेका थिए भने ताम्बा घेदुङका कलाकारहरूले ताम्बा सेर्केम गीतमार्फत सांस्कृतिक प्रस्तुति दिँदै कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा कतारमा रहेका विभिन्न कलाकारहरूले आकर्षक सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । साथै, कतारमा स्थापित विभिन्न नेपाली संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा वक्ताहरूले आपसी एकता, सद्भाव र समुदायको हितमा निरन्तर क्रियाशील रहन आग्रहसहित शुभकामना दिएका थिए ।

No description available.

No description available.

No description available.No description available.

No description available.

सम्बन्धित खबर