२०८२ भदौ १२ गते बिहिवार / Aug 28 , 2025 , Thursday
२०८२ भदौ १२ गते बिहिवार
Ads

पाँचौँ ऊर्जामन्त्री स्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

shivam cement
मध्यान्ह
२०८२ असार १७ गते ०७:५२
पाँचौँ ऊर्जामन्त्री स्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

काठमाडौँ : सांघाइ को-अपरेशन अर्गनाइजेशन (एससिओ)द्वारा चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजित पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गए राति स्वदेश फर्किएका छन् ।

उनले बैठकमा चीनसँग ऊर्जा सहकार्यका विषयमा विभिन्न छलफल भएको जानकारी दिए । उनले आफ्नो चीन भ्रमण उपलब्धिमूलक भएको दाबी समेत गरे । मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रमा भविष्यमा थप सहकार्य र योगदानका लागि प्रतिबद्ध रहेको जनाउँदै बैठकमा नेपालले ऊर्जा विकासको क्षेत्रमा लिएको लक्ष्यका बारेमा आफूले बैठकलाई अवगत गराएको जानकारी दिए।

उनले भने, “ऊर्जा अब व्यापारको विषय मात्र होइन, यो हाम्रो दिगो विकास र साझा समृद्धिको आधार हो, नेपालले अब ऊर्जा क्षेत्रलाई एक प्रमुख चालकका रूपमा अगाडि बढाउने योजना बनाएको छ ।”  यही असार ९ गतेदेखि १३ गतेसम्म चलेको उक्त बैठकमा आयोजक राष्ट्र चीनसहित भारत, इरान, काजकिस्तान, पाकिस्तान, रसिया, ताजकिस्तान, उर्वेस्थानलगायत नौ सदस्य देश, तीन पर्यवेक्षक देश र १४ संवाद देशका ऊर्जामन्त्रीको सहभागिता रहेको जनाइएको छ ।

उनले चीनमा रहँदा त्यहाँ रहेका नेपाली समुदायसँग पनि भेटघाट गरेका थिए । मन्त्री खड्का उक्त बैठकमा भाग लिन असार ९ गते राति चीन प्रस्थान गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise