२०८३ कार्तिक १६ गते सोमवार / Nov 02 , 2026 , Monday
२०८३ कार्तिक १६ गते सोमवार

सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत पूरा

Nada
२०८३ कार्तिक १६ गते १८:४३
Shares
सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत पूरा

कञ्चनपुर : हालसम्म दोधारा चाँदनीमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको २६ प्रतिशत काम सम्पन्न भएको छ । 

बहुप्रतिक्षित सुक्खा बन्दरगाहको निर्माण अवधि ३० महिना तोकिएको छ । करिब दुई अर्ब ३७ करोड भारतीयको लागतमा उक्त बन्दरगाह  निर्माण हुने भएको हो । 

बन्दरगाहको निर्माण चौबीस  डिसेम्बर २०२५ बाट सुरु भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका इञ्जिनियर अनिश केसीले जानकारी दिए । उनले उक्त आयोजना निर्माणपछि सुदूरपश्चिममा आर्थिक चहलपहल बढ्ने विश्वास व्यक्त गरे।   

दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशंकर सामुदायिक वनमा बन्दरगाह निर्माणका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । 

सम्बन्धित खबर