२०८३ कार्तिक १६ गते सोमवार / Nov 02 , 2026 , Monday
२०८३ कार्तिक १६ गते सोमवार

महाधिवेशनबाट निर्वाचित कार्यसमिति अध्यावधिकका लागि कांग्रेसले दियो आयोगमा निवेदन

Nada
२०८३ कार्तिक १६ गते १८:३१
Shares
महाधिवेशनबाट निर्वाचित कार्यसमिति अध्यावधिकका लागि कांग्रेसले दियो आयोगमा निवेदन

काठमाडौँ :  नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित केन्द्रिय कार्यसमितिलाई अद्यावधिक गर्न पार्टी निर्वाचन आयोग पुगेको छ ।

निर्वाचन आयोगमा केन्द्रिय कार्यसमिति अद्यावधिकसम्बन्धी विवरण बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको विधान, संविधान र प्रचलित कानुनी व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न भएको र त्यसबाट निर्वाचित नयाँ कार्यसमितिलाई आयोगमा अद्यावधिक गर्न आएको बताए ।

उनले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रिय कार्यसमितिमा परिवर्तन भएपछि निर्वाचन आयोगमा विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरे । सोही व्यवस्था अनुसार गगन थापाको सभापतित्वमा निर्वाचित कार्यसमितिको विवरण बुझाइएको उनको भनाइ छ ।

महामन्त्री पौडेलले कांग्रेसको १५ औँ महाधिवेशन विधिवत् रूपमा सम्पन्न भएको दाबी गर्दै महाधिवेशनमा व्यापक सहभागिता र उत्साह देखिएको बताए ।

आठ महिनाको अवधिमा दुईवटा महाधिवेशन सम्पन्न गरेको उल्लेख गर्दै उनले विशेष महाधिवेशनपछि नियमित महाधिवेशन गरिएको र सबैलाई प्रतिस्पर्धामा सहभागी हुने वातावरण निर्माण गरिएको बताए।

सम्बन्धित खबर