२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

सद्भाव युवा समाज कतारद्वारा स्याङ्जाको आधारभूत विद्यालयलाई सहयोग

Nada
तिलु शर्मा पौडेल
२०८२ पुष १० गते २०:५९
Shares
सद्भाव युवा समाज कतारद्वारा स्याङ्जाको आधारभूत विद्यालयलाई सहयोग

दोहा कतार : सद्भाव युवा समाज कतारका सहयोगी हातहरू स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाको वडा नम्बर ३ रिमाल फेदीको कामक्षय आधारभूत विद्यालयमा पुगेका छन् । उक्त विद्यालयमा अध्ययनरत १८ जना बालबालिकाका लागि सद्भाव उपहार स्वरूप जाडो छेक्ने न्यानो कपडा लिएर सहयोगी हातहरू पुगेका हुन् ।

ncell

पठनपाठनमा कठिनाइ नहोस् भन्ने उद्देश्यले एक कार्यक्रमकाबीच २० हजार रुपैयाँ बराबरको न्यानो कपडा (ट्र्याक सुट) वितरण गरिएको समाजका अध्यक्ष विजय गुरुङले मध्यान्हलाई जानकारी दिए ।

कपडा वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवाकर खनालको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । 

समाजको निमन्त्रणालाई स्वीकार गरी उपस्थिति हुने र कार्यक्रमलाई सफल बनाउन व्यवस्थापनको भूमिका निर्वाह गर्ने समाजका प्रमुख सल्लाहकार चण्डी प्रसाद भुसाललाई समाजले कृतज्ञता प्रकट गरेको छ । 

केही दिन पहिले मात्र समाजले कञ्चनपुरको एक सामुदायिक विद्यालयलाई ‘सद्भाव उपहार’ अन्तर्गत ८० हजार बराबरको शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको थियो, भने इलामको माङ्सेबुङ्ग गाउँपालिका गजुरमुखी खोला धाम साथै देनपा–५, का बाढी पीडितहरूलाई एक लाख पन्ध्र हजार रुपैयाँ सहयोग गरेको थियो । 

‘जहाँ अभाव त्यहाँ सद्भाव, सेवा र सहयोगको लागी हरेक पल सबैको साथ सद्भाव’नारा बोकेको समाज कतारमा रहेर कतार एयरवेजमा कार्यरत श्रमिकहरूको अग्रसरतामा स्थापित समाज हो ।

uae

सम्बन्धित खबर