२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

सुनकोशीमा सुमो खस्दा ३ जनाको मृत्यु

Nada
२०८३ कार्तिक २ गते ०८:३९
Shares
सुनकोशीमा सुमो खस्दा ३ जनाको मृत्यु

काठमाडौं : सिन्धुलीको फिक्कल गाउँपालिका –६ स्थित नागथानमा काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको ‘टाटा सुमो’ गति अनियन्त्रित भई आज विहान सुनकोशी नदीमा खसेर दुर्घटना हुँदा सुमोका चालकसहित तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । सो सवारी साधानमा १० जना यात्रु रहेका जनाइएको छ । 

ncell

तीन जना बेपत्ता र चार जनाको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य सस्था घुर्मीतर्फ पठाइएको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेस खुर्कोटबाट नौ जना गोताखोरसहित १० जना, अस्थायी मनसुन बेस हर्कपुर ओखलढुङ्गाबाट १० जना र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ ।

uae

सम्बन्धित खबर